जनकपुरधाम – सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो करिब पौने १२ बजे शम्भुनाथ नगरपालिका–७ भागवतपुर बस्ने सचिन्द्र सदाका छोरा ५ वर्षीय सुदीप कुमार सदाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ। डोजरले खनेको सानो पोखरीमा खेल्ने क्रममा डुबेका बालकलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लगेकोमा चिकित्सकले मृत घोषित […]