सोलु करिडोर प्रसारणलाइन निर्माण सम्पन्न

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० […]

सम्बन्धित सामग्री

दिल्लीबाट सोलु करिडोर प्रसारणलाइनको उद्घाटन

१९ चैत, काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । प्रधानमन्त्री शनिबार भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका छन् । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला […]

देउवा र मोदीद्वारा सोलु करिडोर उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । यसअघि दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा सोलु करिडोर प्रसारण लाइन उद्घाटन हुने

लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री देउवा आज (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ । सोही अवसरमा शनिबार प्रसारण …

बन्यो सोलु करिडोर प्रशारण लाइन, छिट्टै सञ्चालनमा आउने

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण सकिएको छ।छैटौँपटक म्याद थपिएको आयोजनाको काम शनिबार सकिएको आयोजना प्रमुख जर्नाधन गौतमले जानकारी दिए।लामो समयदेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ पत्ताले र उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो।पत्तालेका स्थानीयले प्रशारण लाइन क्षेत्रको मुआब्जा माग्दै अवरोध गरेका थिए भने मरुवाका स्थानीयवासीले प्रसारण लाइनको मार्ग सार्न माग गर्दै २ वर्षदेखि अवरोध गरेक

ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु

ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि प

सोलु करिडोर प्रसारण लाइन विवाद, कटारी नगरपालिकामा तालाबन्दी

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा तालाबन्दी गरिएको छ। सोलु करिडोर विद्युत् प्रसारण लाइनको रुट परिर्वतन माग राख्दै आन्दोलनरत स्थानीयले तालाबन्दी गरेका हुन्।बिहीबार कटारी नगरपालिका ४ मरुवास्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन्। विद्युत प्रसारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्नुपर्ने र बस्तीमा टावर निर्माण गर्न नदिने अडान लिएर उनीहरूले तालाबन्दी गरेका हुन। निर्माणाधीन रहेको प्रसारण लाइनको विवादित क्षेत्रमा सयौँ संख्यामा प्रहरी परिचालन गरेर काम सुरु गरिएको छ। प्र