३० वैशाख, काठमाडौं । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।
मंगलबार राजधानीमा एक समारोह आयोजना गरी वानीरा फाउन्डेसनले जोशीको एक सय छैटौँ जयन्ती मनाएको हो ।
सो अवसरमा प्रसिद्ध …
३० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं …
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले आवश्यक परेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई सुझाव दिएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् । महतले भने, ‘हामीले चाहिने र नचाहिने दुबैलाई सामाजिक सुरक्षा भत्ता दिइरहेका छौँ । चाहिनेलाई मात्रै दिनुपर्छ । दायित्व मात्रै बढाउन […]
३० वैशाख, काठमाडौं । दुई पटकसम्म घुससहित रंगेहात पक्राउ परेको एउटा कर्मचारीको मनोबल कतिसम्म गिर्छ होला ? ‘अब जोगिन सकिँदैन’ भनेर हरेस खाइसकेको हुनुपर्ने हो । तर शिक्षक किताबखानाबाट ३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत धनेश्वर प्रसाईं यो मामिलामा जब्बर भेटिए ।
४ महिनाअघि दोस्रो पटक घुससहित पक्राउ परेका प्रसाईंले आफूलाई घुस बुझाउन बाध्य भएका शिक्षकलाई नै प्रलोभनमा पारे र बयान उल्ट्याउन लगाएर भ्रष्टाचार मुद्दामा नै फसाइदिए ।
सहजै हुने काममा अल्मल्याएपछि दिग्दार बनेका संखुवासभाका शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएर शाखा अधिकृत प्रसाईं लगायत तीन जनालाई घुससहित पक्राउ गराएका थिए । अख्तियारले साक्षी बनाएर विशेष अदालतमा पुगेका तिनै शिक्षक भट्टराई प्रलोभनमा परेर उल्टो बकपत्र गरे ।
उल्टो बकपत्र गरेको आरोपमा शिक्षक भट्टराईविरुद्ध समेत अख्तियारले मुद्दा चलायो । पेन्सन पकाएर घर बसेका शिक्षक भट्टराई आरोपितहरूलाई जोगाउँदा उल्टै भ्रष्टाचार मुद्दामा फसेका छन् । आरोप प्रमाणित भए उनको पेन्सनपट्टा समेत खोसिन्छ ।
पेन्सनपट्टा बनाउँदाको सास्ती
संखुवासभाका शिक्षक भोजराज भट्टराई आफ्नो पेन्सनपट्टा बनाउन पुस, २०८१ मा शिक्षक किताबखाना, ताहाचल पुगे । मागेको कागजात बुझाएपछि काम बन्नुपर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाईंले कहिले के कागजात पुगेन, कहिले के मिलेन भनेर हैरानी दिइरहेका थिए ।
शिक्षक भट्टराईका अनुसार, उनी प्रधानाध्यापकबाट अवकाश भएपछि व्यवस्थापन समितिले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा हाल्यो, मुद्दा चलुन्जेल उनले पेन्सनपट्टा बनाएका थिएनन् ।
अदालतबाट दोषी ठहर भएमा शिक्षक भट्टराईमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ ।
शिक्षक भट्टराईले त्यो मुद्दा जिते । त्यतिबेला देशभर कोरोना संक्रमण उत्कर्षमा थियो, उनले पट्टा बनाउन हतार गरेनन् । अहिले मात्रै उनी पेन्सनपट्टा बनाउन काठमाडौं आएका थिए ।
शिक्षक भट्टराईले गत पुसमा अनलाइनखबरसँग भनेका थिए, ‘किन ढिलो पेन्सनपट्टा बनाउन खोजेको भन्दै अल्मल्याइरहे । कहिले यो त कहिले अर्को कागजात पुगेन भनेर दुःख दिए । अनि अख्तियारमा उजुरी दिएको थिएँ ।’
शाखा अधिकृत प्रसाईंसँग मिलेमतो गरेका बिचौलिया सुदर्शन न्यौपानेले पैसा दिएमा आफूले काम मिलाइदिने भनी शिक्षक भट्टराईलाई आश्वासन दिएका थिए ।
अख्तियारले बिचौलिया भनेर आरोपपत्रमा नाम उल्लेख गरेका सुदर्शन न्यौपाने ताहाचलस्थित शिक्षक किताबखानामा दिनभर घुमफिर गरिरहने व्यक्ति थिए । उनकी पत्नी भवानी अधिकारी त्यही किताबखानामै कार्यालय सहयोगी थिइन् ।
घुस माग्ने क्रममा शिक्षक किताबखानामा पहिले क्यान्टिन सञ्चालन गरिरहेका सुदर्शन न्यौपाने र किताबखानामै कार्यालय सहयोगीको रूपमा कार्यरत भवानी अधिकारीले ‘डिल’ गरिरहेका थिए । भिडियो फुटेज र केही अडियो अख्तियारमा पेस भएको थियो ।
३ लाख रुपैयाँ घुस खाएको आरोपमा शाखा अधिकृत प्रसाईं, बिचौलियाको भूमिका खेलेका सुदर्शन न्यौपाने र कार्यालय सहयोगी रहेकी भवानी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो ।
प्रलोभनमा परेपछि...
भ्रष्टाचारसम्बन्धी कानुनमा घुस लिने र दिने दुवैलाई सजाय हुने व्यवस्था छ । तर आफूलाई सरकारी कर्मचारी वा पदाधिकारीले घुस मागेको भनी उजुरी दिने व्यक्तिलाई अख्तियारले पैसा बुझाउन अनुमति दिन्छ ।
अनि, उसलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गर्छ, तर मुद्दा दायर गर्दैन ।
बिचौलियाको भूमिकामा रहेका सुदर्शन न्यौपाने र उनकी पत्नी एवं कार्यालय सहयोगी भवानी अधिकारीले घुस मागेर हैरान पारेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए ।तर, विशेष अदालतमा पुग्दा उनी बदलिए ।
मुद्दामा सहुलियत पाएवापत उसले विशेष अदालतमा अख्तियारको साक्षीको रूपमा बकपत्र गर्दा आफूले घुस बुझाएको र आरोपितहरूले घुस मागेको विवरण खुलाउनुपर्छ ।
त्यही प्रक्रियाअनुसार संखुवासभाका शिक्षक भोजराज भट्टराई विशेष अदालतमा उपस्थित भए ।
अख्तियारमा गरेको बयानअनुसार उनले विशेष अदालतमा ‘आफूसँग सुदर्शन न्यौपाने र …
पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । उनले भीरकोट पोखरा सामीप्य सदनमार्फत् सञ्चालन हुने गरी ‘मुनाकृष्ण अक्षयकोष’ स्थापना गरेका हुन् । दिंवगत पत्नी मुना रेग्मीको स्मृतिमा आफ्नो नाम समेत रहने गरी उनले उक्त अक्षयकोष स्थापना गरेका हुन् । स्याङ्जा जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई वार्षिक […]