३० वैशाख, काठमाडौं । दुई पटकसम्म घुससहित रंगेहात पक्राउ परेको एउटा कर्मचारीको मनोबल कतिसम्म गिर्छ होला ? ‘अब जोगिन सकिँदैन’ भनेर हरेस खाइसकेको हुनुपर्ने हो । तर शिक्षक किताबखानाबाट ३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत धनेश्वर प्रसाईं यो मामिलामा जब्बर भेटिए ।
४ महिनाअघि दोस्रो पटक घुससहित पक्राउ परेका प्रसाईंले आफूलाई घुस बुझाउन बाध्य भएका शिक्षकलाई नै प्रलोभनमा पारे र बयान उल्ट्याउन लगाएर भ्रष्टाचार मुद्दामा नै फसाइदिए ।
सहजै हुने काममा अल्मल्याएपछि दिग्दार बनेका संखुवासभाका शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएर शाखा अधिकृत प्रसाईं लगायत तीन जनालाई घुससहित पक्राउ गराएका थिए । अख्तियारले साक्षी बनाएर विशेष अदालतमा पुगेका तिनै शिक्षक भट्टराई प्रलोभनमा परेर उल्टो बकपत्र गरे ।
उल्टो बकपत्र गरेको आरोपमा शिक्षक भट्टराईविरुद्ध समेत अख्तियारले मुद्दा चलायो । पेन्सन पकाएर घर बसेका शिक्षक भट्टराई आरोपितहरूलाई जोगाउँदा उल्टै भ्रष्टाचार मुद्दामा फसेका छन् । आरोप …