मन्त्रीहरूलाई लाग्यो चुनाव, मधेस भवन सुनसान (तस्बिर/भिडिओ)

संसदीय निर्वाचन नजिकिएसँगै जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास तथा मन्त्रालयहरू रहेको मधेस भवन सुनसान बनेको छ ।

सम्बन्धित सामग्री

ठोरीमा नयाँ वर्ष मनाउनेको घुइँचो, वीरगञ्जका होटेल सुनसान – देशसञ्चार

वीरगञ्ज – नयाँ वर्ष २०८० सालको पहिलो दिन वैशाख १ गते शुक्रबार पर्सा र बारामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकहरुको घुइँचो लाग्यो। पर्सा र बाराका

दशैँ लाग्यो, तर ब्यापार छैन

सामान्यतया, सोह्र श्राद्ध सुरु भएपछि दशैँको लागि बजारमा चहलपहल सुरु हुन्छ । काठमाडौँका असन, इन्द्रचोक र न्यूरोडका होलसेल पसलहरुमा दशैँको सामान किन्नेहरुको चहलपहल नबाक्लिए सम्म दशैँ आएको आभाष नै हुँदैन । असन र इन्द्रचोकबाट काठमाडौँ बाहिर पनि सामान जाने भएकाले सामान्य अवस्थामा दशैँ आउन १ महिना हुँदै यी क्षेत्रमा थेगिनसक्नुको भीड लाग्ने गथ्र्यो । तर, यसपाली अवस्था फरक छ । दशैँको घटस्थापना आउन जम्मा १४ दिन बाँकी छ । तर, अहिले असन, इन्द्रचोक र न्यूरोडका होलसेल तथा खुद्रा पसलहरु सुनसान छन् ।कुनै क्षेत्रको पनि ब्यापार छैनबिजपाटी डटकमको टोली न्यूरोड हुँदै असनतर्फ पुग्दा प्राय कुनै पनि पसलमा ग्राहक थिएनन् । घुमफिर गर्न हिडेका प्रौढ र अल्लारे युवा युवतीसहित केही विदेशी पाहुन देखिन्थे । यो क्षेत्रको चहल पहलले दशैँ नजिकिएको कुनै गुञ्जायस नै गर्दैनथ्यो ।इन्द्रचोकको मछिन्द्रबहालस्थित तिमल्सिना शु–सेन्टरका सञ्चालक बद्री तिमल्सिना फुर्सदिला देखिन्थे । उनका बुबा आमाले २३ वर्ष अगाडीबाट सो क्षेत्रमा पसल सुरु गरेकामा करिब १० वर्षदेखि उनले चलाउन थालेका छन् । तर, कोरोना महामारीको समयलाई छोडेर हेर्ने हो भने यसपालीको जस्तो सुनसान यसअघि कहिल्यै भएको थिएन भन्ने दाबी उनको छ ।नजिकै जोडिएको भाँडा पसलमा पनि कुनै चहलपहल देखिएन ।इन्द्रचोकको मन्दिर आसपासमा भएका मसला पसलहरुबाट मगमग बासना आइरहेको थियो । बाह्रा मसालासहित अन्य मसलाको सुगन्ध फैलिएको भएपनि खरिदकर्ता भने एक जना पनि थिएनन् । अलिक अगाडी बढेपछि हामी एक तल्ला माथि रहेको एउटा साडी पसलमा पुग्यौँ । त्यहाँ पनि अवस्था फरक थिएन । साडी पसलकी सञ्चालिका त झन ब्यापार नभएर मात्रै होइन, सोधखोज गर्न ग्राहक नआएकोमा उदेक लाग्ने बताउँछिन् ।अपरान्ह ४ः३० बजेतिर पुगेको बिजपाटीका रिपोर्टरहरुसँग उक्त पसलकी सञ्चालिका रेनुका भन्दै थिइन्, ‘अघि भर्खर पौने ४ बजे मात्रै बोनी गरेर बसेको छु, आज जम्मा २ पिस साडी बिक्रि भएको छ ।’कारण के ?हामीले कुरा गरेका अधिकांश पसलका सञ्चालकहरुले मान्छेसँग पैसा नभएकै कारण असन क्षेत्र दशैँको मुखमा पनि सुनसान भएको हुनसक्ने अनुमान गरेका छन् । ‘मान्छेसँग पैसा नै नभएर त होला नि, अब आएका छैनन्’ जुत्ता पसलका सञ्चालकले हामीसँग भने, ‘तपाई आफैँ भन्नुस् त, दशैँको मुखको असन बजार यस्तै हुन्थ्यो त ? यतिबेला त यहाँ पाइला टेक्ने ठाउँ हुँदैनथ्यो । अहिले त बाइक लिएरै मान्छे हिडिरहेका छन् ।’उक्त पसलका सञ्चालकसँगै रहेका उनका साथीले पनि थपिहाले, ‘यहीँ सिजनमा ब्यापार गरेर वर्षभरी पुर्याउनुपर्ने, दशैँमै ब्यापार छैन ।’विकास निर्माणका काम नहुँदा काम गरेर खाने वर्गको हातमा पैसा नभएको र पैसा चलाइरहने वर्गले पनि यसपाली पैसा चलाउन नपाएकाले असार साउनमा भएको तरलता संकटको असर ब्यवसायमा दशैँको मुखमा देखिएको असन र इन्द्रचोक क्षेत्रका व्यवसायीहरुको बुझाई छ ।

सरुवा रोग अस्पताल सुनसान

कालीकोट सदरमुकाम मान्ममा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुविधायुक्त सरुवा रोग अस्पताल सुनसान छ । सो अस्पतालमा चिकित्सकसहित १९ जना कर्मचारी कार्यरत भए पनि अहिलेसम्म बिरामी अस्पतालमा नआएपछि सुनसान भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मङ्सिरमा सो अस्पताल उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो । फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी सरुवा रोग अस्प

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ– ताप्लेजुङमा यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन् । अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन् । उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ । सिरिजंगा गाउँपालिका—६ का अलैंची कृषक हर्क माबो घर छेडेर अलैंची बगानमा बसेको करिब महिना हुन लाग्यो । उनले यस वर्षको दशैँ पनि बगानमै […]

असनलाई दसैँ लाग्यो, थामिनसक्नु घुइँचो (तस्बिरहरू)

महामारीका कारण लगाइएको लकडाउनको असहजताले सुनसान बनेका व्यापारिक क्षेत्रमा चाडबाडको किनमेलले बढाएको चलपहलले पुनर्जीवन पाउने आशा व्यापारीहरूको छ ।

कार पार्किङ गरेर स्तनपान गराउँदा २८ हजार जरिवाना !

नवजात बालबालिकालाई कहाँ कतिबेला भोक लाग्छ र स्तनपान गराउनुपर्छ कुनै यकिन हुँदैन । तर इंग्ल्यान्डमा अमांडा रग्गेरीले कार रोकेर स्तनपान गराउँदा २८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ । अमांडालाई गरिएको जरिवाना स्तनपानबापत होइन तर उनले अनाधिकृत ठाउँमा कार रोकेको आरोप छ । उनलाई १७० पाउन्ड जरिवाना गरिएको हो । कारमा यात्रा गर्दागर्दै बच्चा धेरै रोएपछि अमांडाले सोचिन्, भोक लाग्यो होला । उनले त्यही कार रोकेर स्तनपान गराउन थालिन् । कार रोकेको क्षेत्र सुनसान थियो, त्यसैले उनले निर्धक्क स्तनपान गराइन् । स्तनपान गराएपछि उनी...

भाइरस

१महिनापछि कोठा फर्किएँ । घर सुनसान थियो । गेटमा भोटे ताल्चा लगाएको थियो। एउटी छिमेकी दिदीले ताल्छा खोलिदिइन् , केही बोलिनन् । म भित्र पसेँ । आराम गरेँ। केही बेरपछि पसल पुगेँ , तरकारी आदि किन्न भनेर । पसलेबाट थाहा पाएँ , घरबेटी आमै त बितिछिन् । छोरा केही ...

दिल्लीमा ३ हजार नेपाली संक्रमित, दूतावास भन्छ - ६० हजारलाई उद्धार गर्नुपर्छ

भारतमा रहेका नेपालीको अवस्था नाजुक र संकटपूर्ण छ । कोरोनाका कारण दिल्ली शहर मसानघाटजस्तो सुनसान छ । कोरोना लाग्यो भने उपचार गर्न अस्पताल पाइँदैन ।

नयाँ वर्षमा सौराहाका सडकमा घुइँचो, होटल सुनसान

१ वैशाख, चितवन । नयाँ वर्ष २०७८ सालको पहिलो दिन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवनको सौराहामा आन्तरिक पर्यटकको निकै घुँइचो लाग्यो । सौराहाका मुख्य बजार क्षेत्रमा रगीचंगी तोरण टाँगिएको छ । विभिन्न विद्यालय, कलेजबाट आएका विद्यार्थी, सहकारी, विभिन्न आमा समूह तथा छिमेकी जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण सौराहाको हात्ती तथा गैंडा चोकमा खुट्टा हाल्ने […]

'बस्नका लागि बास छैन, हिँड्नका लागि बाटो : बाँच्ने चाहिँ कसरी?'

जनकपुरधाम : हावाहुरी र चर्को लाग्ने घामले उराठलाग्दो बनाएको छ जनकपुरस्थित बाह्रबिघा मैदान। लकडाउनसँगै भोक पसेको तीन महिना बित्नै लाग्यो। रोगको डर पनि उत्तिकै। तर, सुनसान छ मैदानको दक्षिण–पश्चिम कुना। त्यहाँ लहरै बनाइएका छन् दशवटा छाप्रा, प्लास्टिकको। प्रत्येक पण्डाल मुनि ६/७ जना बालबालिकादेखि वृद्धवृद्धा लस्करै बसेको देखिन्छन्। उनीहरु ३२