कार पार्किङ गरेर स्तनपान गराउँदा २८ हजार जरिवाना !

नवजात बालबालिकालाई कहाँ कतिबेला भोक लाग्छ र स्तनपान गराउनुपर्छ कुनै यकिन हुँदैन । तर इंग्ल्यान्डमा अमांडा रग्गेरीले कार रोकेर स्तनपान गराउँदा २८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ । अमांडालाई गरिएको जरिवाना स्तनपानबापत होइन तर उनले अनाधिकृत ठाउँमा कार रोकेको आरोप छ । उनलाई १७० पाउन्ड जरिवाना गरिएको हो । कारमा यात्रा गर्दागर्दै बच्चा धेरै रोएपछि अमांडाले सोचिन्, भोक लाग्यो होला । उनले त्यही कार रोकेर स्तनपान गराउन थालिन् । कार रोकेको क्षेत्र सुनसान थियो, त्यसैले उनले निर्धक्क स्तनपान गराइन् । स्तनपान गराएपछि उनी...