उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो । यसैबीच एमालेका... The post उपचारका लागि नेता खनाल भारततर्फ : पार्टी महासचिवद्वारा स्वास्थ्यलाभको कामना appeared first on Purbeli News.

सम्बन्धित सामग्री

झलनाथ खनालको सबै उपचार खर्च एमालेले बेहोर्ने

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले नेता खनालको सवै उपचार खर्च बेहोर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।नेता खनाल दुई सातादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् ।बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक, यी हुन एजेण्डा

काठमाडौं, ३ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने, बाढी÷पहिरो लगायतका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए । नेता खनाल स्वास्थ्योपचारको लागि यतिवेला भारतको नयाँ दिल्लीमा छन् । उनलाई हिजो अपरान्ह दिल्ली लगिएको हो । […]