म्यादी प्रहरीमा तीन गुना बढी आवेदन, सबैभन्दा धेरै मधेश प्रदेशमा

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ९३ हजार ३१२ जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि माग गरिएको एक लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको हो । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार शुक्रबार अन्तिम दिनसम्म दुई लाख ९३ हजार ३१२ जनाले आवेदन दिएका हुन् ।

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ५९ प्रतिशतमात्र रोपाइँ

सबैभन्दा बढी धान फल्ने मधेश प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशमा ९९ प्रतिशतसम्म रोपाइँ हुँदा मधेशमा भने ५९ प्रतिशतमात्रै भएको हो । यो वर्ष मधेश प्रदेशमा कम पानी परेका कारण धान रोपाइँ हुन नसकेको हो । यो तथ्यांक साउन १२ सम्मको हो । तराईमा साउनभर धान रोपाइँ गर्न सकिने भएकाले […]

निर्वाचनमा सबैभन्दा बढी दल मधेश प्रदेशमा हुने, अरु प्रदेशमा कति ?

काठमाडौं : आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ। निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरि जम्मा सहभागी हुने दलका आधारमा मधेश प्रदेशमा बढी देखिएको हो। आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान…

९० प्रतिशतभन्दा बढी जनसंख्याको पहुँचमा जलविद्युत

सरकारले जनसंख्याका आधारमा अधिकतम ९० प्रतिशत भन्दा बढीको पहुँचमा जल विद्युत पुगिसकेको बताएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गरेको सरकारले फागुन मसान्तसम्ममा कुल जनसंख्याको ९० प्रतिशत भन्दा माथिमा ऊर्जाको पहुँच पुगिसकेको बताएको हो । यस्तो पहुँच सबैभन्दा बढी मधेश प्रदेशमा अधिकतम ९९.६६ प्रतिशत जनसंख्यामा पुगेको र कर्णाली प्रदेशमा ४३.८७ प्रतिशतमा पुगेको सरकारले बताएको छ । यस्तै बागमती प्रदेशमा ९५.९१ प्रतिशतमा, गण्डकी प्रदेशमा ९५.६८ प्रतिशतमा, प्रदेश नम्बर १ मा ९६.९५ प्रतिशतमा, लुम्बिनी

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

राधेश्याम पटेल/सुमित मिश्र- वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो। प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै…

स्थानीय निर्वाचन : सबैभन्दा बढी मधेश प्रदेशमा ४० हजार उम्मेदवार

काठमाडौं : वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्। जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले सार्व

स्थानीय तह निर्वाचन: सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा

जनपुरधाम: स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा रहेका छन्। जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान केन्द्रलाई ३ तहमा वर्गीकरण गरेको छ। सो वर्गीकरण अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र छन्। मधेश प्रदेशमा १ हजार ६३ वटा ‘अति संवेदनशील’ मतदान केन्द्र…

निकृष्ट बाल श्रम बागमती प्रदेशमा बढी

नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ। पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप बढी हुने क्षेत्रमा निकृष्ट प्रकारको बाल श्रम हुने गरेको हो।नेपाल बाल श्रम रिपोर्ट २०२१' अनुसार सबैभन्दा बढी बाल श्रम कर्णाली प्रदेशमा हुने गरेको छ। तर, निकृष्ट किसिमको बाल श्रम भने सबैभन्दा बढी बागमती प्रदेशमा छ। निकृष्ट प्रकारको बाल श्रम बागमती प्रदेशमा ३४.५ प्रतिशत, मधेश प्रदेशमा २९.७ प्रतिशत, लुम

परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम

प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम पाइएको छ।   केन्द्रीय तथ्यांक विभागका अनुसार गण्डकी प्रदेशमा औषतमा सबैभन्दा कम ३.६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ५.१५ जना बसोबास गर्ने गरेका छन्।  जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो ।  जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा प्रति परिवार औसत ३.४१ जना र सबैभन्दा धेरै रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५.५० जनाभन्दा बढी रहेका छन् ।

१० वर्षमा सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा बढ्यो

जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो । यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।