१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए एमाले फेरि संकटग्रस्त हुन्छः डा. भीम रावल

काठमाडौं, असोज १३ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने चेतावनी दिएका छन् । आसन्न विधान महाधिवेशनमा १० बुँदे अनुसार नै प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “१० […]

सम्बन्धित सामग्री

अध्यादेश संवैधानिक, कानुनी र राजनीतिक हिसाबले अनुपयुक्तः डा. भीम रावल

काठमाडौं, २७ मंसिर । नेकपा एमाले नेता डा. भीम रावलले रेशम चौधरी छुटाउने अध्यादेशको औचित्य नभएको बताएका छन् । ‘मैले निरपेक्ष रुपमा कुनै अध्यादेशको विरोध गरेको होइन, कामचलाउ सरकारको निहित स्वार्थ राख्ने स्वेच्छाचारी कदमको विरोध गरेको हो । सरकारले यसको औचित्य पुष्टि गर्न सक्दैन । कुनै व्यक्ति छुट्ने, नछुट्ने कुरा तपसिलमा छ । तर अध्यादेश […]

भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने

काठमाडौं : नेकपा (एमाले)का नेता डा भीम रावल पार्टीले टिकट नदिएपछि यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम-२ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। एमालेले टिकटबारे निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो। रावल…

ओलीको आक्रोशको शिकार किन बने भीम रावल र धनश्याम भुसाल

काठमाडौं, २२ असोज । नेकपा एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने नेता थिए डा. भीम रावल । ओली पार्टीभित्र निर्विरोध अध्यक्ष निर्वाचित हुन चाहन्थे । आफ्नो एकछत्र राज भएको सन्देश दिन चाहन्थे । तर, रावलले सफल हुन दिएनन् । एमाले महाधिवेशनमा घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिएका थिए । उनी शंकर पोखरेलबाट पराजित […]

एमालेका सल्लाहाकार भीम रावल अछाम–१ बाट सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतितिनिधिसभाको चुनावका लागि एमालेका सल्लाहाकार डा. भीम रावल अछाम–१ बाट सिफारिस भएका छन्। एमाले निर्वाचन क्षेत्र–१ कमिटिले रावलको नाम सर्वसहमत एकल सिफारिस गरेको हो। रावल २०७४ को चुनावमा त्यहीँ क्षेत्रबाट निर्वाचित भएका हुन्। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले अछाम १ बाट शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ।

केवल पदका लागि गरिने तालमेल जालझेल होः डा. भीम रावल

काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता डा. भीम रावल केवल चुनाव जित्न गरिने गठबन्धनले मुलुकलाई राजनीतिक संकटतिर धकेल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “अहिले नेता विशेषलाई जिताउन लागि संविधानको धारा २६९ विपरीत गठबन्धन गरिएको छ । यो त […]

काठमाडौंमा अमेरिकी सेना उतार्न लागिँदै छः डा. भीम रावल

काठमाडौं, २९ जेठ । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीमा हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धन जोडिएको कुरा पुष्टि हुन लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.रावलले भने, “पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति विपरीत एमसीसी अनुमोदन गरिएपछि मुलुक […]

भीम रावल को हुन् ? (परिचयसहित)

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति हुन् डा. भीम रावल । एमालेको नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याई उपाध्यक्ष निर्वाचित भएका थिए । कडा बोलीले विपक्षीलाई प्रहार गर्ने स्वभावका उनीसँग लामो राजनीतिक अनुभव छ । ४ साउन २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले […]

सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो: डा. भीम रावल

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष डा. रावलेले भने, “२०७५ जेठ २ को अगाडि फर्कने भनेर १० बुँदे सहमति […]