आईपिओको बाँकी रकम यथाशीघ्र बुझाउन त्रिशूली जलविद्युतको आग्रह, आधाले पनि दिएनन् आवेदन

माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई यथाशीघ्र आईपिओको बाँकी रकम बुझाउन आग्रह गरेको छ । कम्पनीले सार्वजनिक सुचना जारी गर्दै हालसम्म पनि अधिकांश शेयरधनीले बाँकि रकम नबुझाएकोले यथाशीघ्र बुझाउन आग्रह गरेको हो।बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार हालसम्म ५८  हजार आवेदकले बाँकि रकमको लागि आवेदन दिएका छन् ।  क्यापिटलका अनुसार असोज २४ गते बेलुका ५:३० बजेसम्ममा ५८ हजार ४ सय २२ जना आवेदकबाट १३ लाख ६९ हजार ६ सय १७ कित्ताको लागि आवेदन परेको छ । कम्पनीका कुल १ लाख ५४ हजार ५ सय ५९ जना शेयरधनी रहेकोमा ति सबैले बाँकि रकम बुझाउनु पर्छ ।  हालसम्म ४० प्रतिशत भन्दा कमले मात्र बाँकि रकम बुझाएका छन् । कम्पनीले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम ४ असोजबाट संकलन गर्न थालेको हो । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमा मै प्रति कित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ । साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान वमोजिम शेयरधनीले प्रति कित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा  आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र  बोर्डले आश्वा शुल्क छुट दिएको छ  । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. रहेको छ । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ प्रबन्ध–सञ्चालक गौतमले भने । सो समयमा आईपिओ निष्काशन हुँदा ६७ जनाको आवेदन रद्द भई  १ लाख ५४ हजार ५ सय ५९ जनाले मात्र शेयर पाएका थिए। अहिले तिनै   १ लाख ५४ हजार ५ सय ५९ जनाले मात्र बाँकि रकम भुक्तानी गर्न पाउने छन् ।  त्यस समय १ लाख ५४ हजार ५ सय ५९ आवेदकले २० कित्ता शेयर पाएका थिए भने गोलाप्रथाबाट ५० हजार २ सय ६७ आवेदकले थप १० कित्ता शेयर पाएका थिए । यस हिसाबमा ५० हजार २ सय ६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २ सय ९२ आवेदकले २० कित्ता शेयर पाएका थिए।  १९ जनाले दोहोरो आवेदन गरेका कारण, ३८ वटा आवेदन र संस्थागत आवेदन परेकोले २९ वटा गरी कुल ६७ वटा आवेदन रद्ध भएको थियो ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए। त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी  पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।  आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर, नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका वन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्ण रुपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो । आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका Shuifa ANHE Group Co.Ltd, China सँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्ने छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । 

सम्बन्धित सामग्री

त्रिशूली जलविद्युतको शेयर वापतको बाँकी रकम भुक्तानी गर्ने आज अन्तिम दिन

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर वापतको बाँकी रकम भुक्तानी गर्ने आज अर्थात् बुधवार अन्तिम दिन रहेको छ । कम्पनीले २०७५ साल चैतमा विक्री गरेको शेयर वापतको बाँकी रकम गत असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म माग गरेको थियो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रति शेयर रू. १०० अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रू. १० मात्र संकलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रू. १० बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी रू. ९० बुझाउनु पर्ने व्यवस्था थियो ।  साबिकका सर्वसाधारण शेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी रू. ९० का दरले रू. ३३ करोड ३४ लाख ५० हजार रकम संकलन हुनुपर्ने भएपनि प्रतिकित्ता रू. ३ ब्याज प्राप्त भएको हुँदा यस अघि प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गर्नुपर्ने व्यवस्था थियो । अब भने मंसिर १८ गतेदेखि फागुन १७ गतेसम्म तीन महीनाको ब्याज वापतको ब्याज समेत शेयरधनीले कम्पनीलाई बुझाउनुपर्नेछ । सो ब्याज बापतको रकम रू. १ दशमलव ७४ रहने कम्पनीको भनाइ छ । यस आधारमा प्रतिकित्ता रू. ८८ दशमलव ७४ का दरले साविकका शेयरधनीहरुले रकम भुक्तानी गर्नुपर्नेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साविक शेयरधनीहरूले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत रकम बुझाउन/ आवेदन दिन सक्नेछन् ।  कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जनताको जलविद्युत् कार्यक्रमको कार्यविधि, २०७५ अनुसार शेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिक शेयरधनीले चुक्ता गर्न बाँकी रकम संकलनका लागि अनुरोध गरेको कम्पनीले बताएको छ ।

हालसम्म ७८ हजारले बुझाए त्रिशुली जलविद्युतको आईपीओको बाँकी रकम

६ कात्तिक, काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर बापतको रकम बुझाउन गत ४ असोजदेखि आवेदन माग …

त्रिशूली जलविद्युतको बाँकी आईपीओ आजबाट, डेढ लाखले मात्रै आवेदन दिन पाउने

माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम आज असोज ४ गतेबाट संकलन सुरु गर्दैछ । यस बारे कम्पनीले भदौ २८ गते नै आह्वानपत्र सार्वजनिक गरेको थियो । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमै प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ । साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान वमोजिम शेयरधनीले प्रति कित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन (आवेदन दिन) सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र बोर्डले आश्वा शुल्क छुट दिएको छ । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ प्रबन्ध–सञ्चालक गौतमले भने । सो समयमा आईपिओ निष्काशन हुँदा ६७ जनाको आवेदन रद्द भई १ लाख ५४ हजार ५५९ जनाले मात्र शेयर पाएका थिए। अहिले तिनै १ लाख ५४ हजार ५५९ जनाले मात्र बाँकि रकम भुक्तानी गर्न पाउने छन् । त्यस समय १ लाख ५४ हजार ५५९ आवेदकले २० कित्ता शेयर पाएका थिए भने गोलाप्रथाबाट ५० हजार २६७ आवेदकले थप १० कित्ता शेयर पाएका थिए । यस हिसाबमा ५० हजार २६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २९२ आवेदकले २० कित्ता शेयर पाएका थिए। त्यतिबेला ६७ वटा आवेदन रद्ध भएको थियो ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए । त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी ओलीपत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए । आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको समा ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर, नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका वन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्ण रुपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो । आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि Shuifa ANHE Group Co.Ltd, China सँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्ने छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी ९डिसेन्डर० लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

मध्यभोटेकोशी जलविद्युतको आईपीओमा २.७६ गुणाभन्दा बढी आवेदन

साउन २७, काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा मंगलवारसम्ममा मागभन्दा २ दशमलव ७६ गुणा बढी आवेदन परेको छ ।   विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ८२ हजार १३४ जनाबाट १ करोड ६६ लाख १६ हजार २९० कित्ता लागि आवेदन परेको छ। कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीयका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ । उक्त शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्तादेखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  उक्त आईपीओमा आवेदकले साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जानकारी गराएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा ७ ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै आवेदकले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सक्नेछन् ।  कम्पनीले यस अघि आईपीओ वैशाख २१ गतेदेखि विक्री खुला गरेकोमा कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित भएको थियो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा मागभन्दा २.६१ गुणा बढी आवेदन

साउन २५, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  हालसम्ममा मागभन्दा २ दशमलव ६१ गुणा बढी आवेदन परेको छ ।   विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतवार साँझ सम्ममा ७५ हजार २६८ जनाले १ करोड ५७ लाख १ हजार २६४ कित्ताका लागि आवेदन परेको जानकारी गराएको हो । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीअ‍ो निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।  आवेदकले उक्त शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्ता देखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जानकारी गराएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा ७ ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ ।  साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिनेछ । कम्पनीले यसअघि वैशाख २१ गतेदेखि आईपीओ विक्री खुला गरेकोमा कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित भएको थियो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।