त्रिशूली जलविद्युतको बाँकी आईपीओ आजबाट, डेढ लाखले मात्रै आवेदन दिन पाउने

माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निश्कासन गरेको सेयर बापतको बाँकी रकम आज असोज ४ गतेबाट संकलन सुरु गर्दैछ । यस बारे कम्पनीले भदौ २८ गते नै आह्वानपत्र सार्वजनिक गरेको थियो । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको यस आयोजनाले २०७५ सालमै प्रतिकित्ता १० रुपैयाँ संकलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ । साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले बताए । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनु पर्ने प्रावधान वमोजिम शेयरधनीले प्रति कित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन (आवेदन दिन) सक्नेछन् । शेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र बोर्डले आश्वा शुल्क छुट दिएको छ । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ प्रबन्ध–सञ्चालक गौतमले भने । सो समयमा आईपिओ निष्काशन हुँदा ६७ जनाको आवेदन रद्द भई १ लाख ५४ हजार ५५९ जनाले मात्र शेयर पाएका थिए। अहिले तिनै १ लाख ५४ हजार ५५९ जनाले मात्र बाँकि रकम भुक्तानी गर्न पाउने छन् । त्यस समय १ लाख ५४ हजार ५५९ आवेदकले २० कित्ता शेयर पाएका थिए भने गोलाप्रथाबाट ५० हजार २६७ आवेदकले थप १० कित्ता शेयर पाएका थिए । यस हिसाबमा ५० हजार २६७ आवेदकले ३० कित्ता शेयर र बाँकि रहेका १ लाख ४ हजार २९२ आवेदकले २० कित्ता शेयर पाएका थिए। त्यतिबेला ६७ वटा आवेदन रद्ध भएको थियो ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता आवेदन दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए । त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी ओलीपत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए । आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको समा ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर, नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका वन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्ण रुपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो । आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि Shuifa ANHE Group Co.Ltd, China सँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा संचालन गर्ने छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी ९डिसेन्डर० लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द«टार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

सम्बन्धित सामग्री

माण्डु हाइड्रोपावरको आईपीओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन ?

२८ असार, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले २८ असार बिहीबारदेखि प्रिमियममा मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख […]

फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित !

काठमाण्डाै – फर्जी आवेदन भेटिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ ।एक करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ । गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभयो ।यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।घोराही सिमेन्टको आईपीओमा एक करोड...

उपकार लघुवित्तको आईपीओ खुल्यो

२५ चैत, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाले शुक्रबारदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्न आवेदन खुला गरेको हो । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार […]

बलेफी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कतिले दिए आवेदन ?

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को आज अन्तिम दिन । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्मका लागि कुल १८ लाख २७ हजार ९७० कित्ता प्राथमिक सेयर जारी गरेको थियो ।अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि २ अर्ब ४१ करोड ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बिहान १० बजेसम्म २० लाख ७७ हजार ६४८ जनाले २ करोड ४१ लाख ८३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणले माग गरेको भन्दा १४.४८ गुणा बढी आवेदन हो । बल

ग्रीन भेञ्चरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

ग्रीन भेञ्चरको  प्राथमिक सेयर (आईपीओ)  आवेदन दिने अन्तिम दिन आज सकिँदै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा आज साँझ ५ बजे बन्द हुदैछ । इच्छुक लगानीकर्ताले सो समयसमयमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ग्रीन भेञ्चरले रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्मा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ निष्काशन, कति दिने आवेदन ?

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ निष्कासन भएको छ । सोमबारदेखि निष्कासन भएको आईपीओमा इच्छुक लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ८ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानीकर्ता र २ प्रतिशत सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले भर्न पाउने

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ निष्कासन भएको छ । कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी ६० करोड रुपैयाँबराबरको आईपीओ आवेदन माग गरेको हो

मध्य भोटेकोसी जलविद्युत्को आईपीओ आवेदन आईएमई पे बाट

आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनबाट प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोसी जलविद्युत् आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।कोरोना संक्रमण बढ्दै जाँदा जारी निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।आयोजनाको आईपीओ बिक्री प्रबन्धक […]

सीईडीबी हाइड्रोपावरको डेभलपमेन्टको आईपीओ बिक्री खुल्यो, कति दिने आवेदन ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको हो  । यसमा सर्वसाधारणले २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा आवेदन दिन पाउँनेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सीईडीबीको यस आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ ।कम्पनीले  २ प्रतिशत अर्थात ५० हजा