इलाम : स्थानीय निर्वाचनको चुनावमा प्रचारप्रसारका लागि गृहजिल्ला इलाममा रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले छाडेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि फेरि कटाक्ष गरेका छन्।शनिबार फाकफोकथुम गाउँपालिकामा आयोजित एमालेको चुनावी जनसभालाई सम्बोधन गर्दै नेम्बाङले ‘नाम बिर्सिए पनि हिजो अस्तिसम्म आफ्नै नेता भएजस्तो लाग्ने मान्छे अहिले कता पुग्नुभयो थाहा छैन’ भन्दै खनालप्रति कटाक्ष गरे।केही समयअघि खनालले चुनावमा ओलीको बाकस खाली गराउनुपर्ने र नेकपा एमालेला