माधव नेपाललाई योगेशको कटाक्ष, आफैँसँग भएकालाई अध्यक्ष दिनुस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै कटाक्ष गरेका छन्। भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका हुन्।  सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  हिजो एक कार्यक्रममा आफ्नो