पूर्वाधार विकास कार्यालयको मनपरी काम, प्रजिअलाई ज्ञापन

रौतहट : युवा संघ नेपाल रौतहटले पूर्वाधार विकास कार्यालय रौतहटले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ।युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको नेतृत्वमा गएको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको थियो।पूर्वाधार विकास कार्यालय रौतहटबाट कार्यकर्तामुखी, एका–सगोलमा बसी तथा व्यक्ति विशेष उपभोक्ता समिति गठन गरी मनपरी माध्यमबाट निर्माण कार्य गर्ने गरेको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ।मधेश प्रदेश

सम्बन्धित सामग्री

मधेशका आठै पूर्वाधार कार्यालयमा ‘पेनडाउन’

मधेश प्रदेशअन्तर्गत आठ जिल्लाका भौतिक पूर्वाधार कार्यालयमा पेनडाउन गरिएको छ। पूर्वाधार विकास कार्यालय राजविराजका कार्यालय प्रमुखउपर भएको हातपातपछि त्यस कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्। दोषीउपर कारबाहीको माग गर्दै उनीहरूले कार्यालयको सम्पूर्ण कामकाज बन्द...

पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन

पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि इन्जिनियरविहीन बनेको छ। जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकायमा काम गर्ने इन्जिनियर नहुँदा विकास निर्माणको काम नै प्रभावित भएको छ। तीन जना इन्जिनियर सातौँ/आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली छन्। जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेको हो। सबइन्जिनियर अधिकृतस्तर पाँचौँ÷छैटौँको सात वटा दरबन्दीमा दुई जना मात्रै कार्यरत छन्।

३ प्राविधिक कर्मचारीको भरमा चल्दै जुम्ला पूर्वाधार विकास कार्यालय

११ जनाको दरबन्दीमा कार्यरत ८ जनामध्ये कार्यालय प्रमुखसहित प्राविधिक जनशक्ति ३ जना मात्रै छन्। ५ जना प्रशासनतर्फका कर्मचारी हुन्।...

अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछा

बक्यौता भुक्तानीकाे माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी

जनकपुरधाम – बाँकी बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुले पुर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका छन। २०७८/७९ मा सम्पन्न भइसकेका योजनाहरुको बक्यौता भुक्तानी हुन नसकेपछि उपभोक्ता समितिका पदाधिकारीहरुले बक्यौता भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका छन्। आन्दोलनको पहिलो चरणमा उनीहरुले कर्मचारीहरुलाई भित्रै थुनेर कार्यालयमा तालाबन्दी गरेका हुन्। उपभोक्ता समितिका आशुतोष […]

तीन झोलुंगे पुलको निर्माण सम्पन्न

किमाथांका – पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा तीन झोलुंगे पुल निर्माण गरेको छ। संखुुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुंगे पुल निर्माण सम्पन्न गरेको हो। बेन्देकसुवा खोलामा झोलुंगे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुंगे पुल निर्माण भएपछि मकालु–६ कै दुई गाउँ […]

पूर्वाधार विकास कार्यालय लमजुङको वित्तीय प्रगति ७७%

पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा ७७ प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ र प्रदेशबाट विकास निर्माणका लागि विनियोजित बजेटमध्ये आर्थिक वर्ष २०७७/७८ मा चालू र पुँजीगततर्फ गरी ७७ दशमलव ३१ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको हो । गत आर्थिक वर्षमा संघ र प्रदेशबाट गरी पूर्वाधार विकास कार्यालयमा आएको एक […]

कोरोना कहरमै पूर्वाधार विकास धमाधम

तिला गाउँपालिका–९ का दुर्गम गाउँलाई सडकको पहुँचमा ल्याउन सडक निर्माणकार्य थालिएको छ । तिला–९ स्थित जिल्लाकै विकट रासा, मालापानी, ढिपु, सुडी र खोप्डीलगायतका गाउँमा सडकको पहुँच पु¥याउन पूर्वाधार विकास कार्यालय जुम्लाले कोरोना कहरकै बीच पनि सडक निर्माण कार्यलाई नियमित अघि बढाएको हो ।अहिलेसम्म सडकको पुहँचमा नपुगेका दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्न कोरोना कहरका बीच पनि […]