धनगढी : नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ।अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले थाहाखबरलाई जानकारी दिइन्।उनल