काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास गर्ने सरकारी तयारीले प्रतिनिधिसभाको बैठक केही ढिलो गरी सुरु हुने भएको छ। आइतवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलहरू आन्तरिक छलफलमा रहेकाले केही ढिला गरी सुरु हुने सभामुख सचिवालयले जनाएको छ। एमसिसीबारे नेकपा (माओवादी केन्द्र)को संसदीय दल र नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेरमै सुरु हुँदैछ। एमसिसी व्याख्यात्मक टिप्पणीसहि