स्थानीय तह निर्वाचन: प्रमुख पद जित्नेमा कांग्रेस पहिलो, एमाले दाेस्राे

निर्वाचन आयोग, नेपालले गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले १३७ पुरुष र ४ महिला गरी १४१ प्रमुख पद जितेको बताएको छ। त्यस्तै नेकपा एमालेले ७७ पुरुष ६ महिला ८३ सिट प्रमुखमा जितेको छ।...

सम्बन्धित सामग्री

६८४ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : नेपाली काँग्रेस अग्रस्थानमा

जेठ ७, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत हालसम्म ६८४ ओटा स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जना जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ४४६ जना जनप्रतिनिधि विजयी भएका छन् ।  यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।    कुल ७५३ स्थानीय तहमा निर्वाचन भएता पनि कतिपय स्थानमा अझै मतगणना जारी रहेको छ भने कतिपय स्थानको मतगणना नै गर्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणाममा नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ ओटा नगरपालिका र १८४ ओटा गाउँ पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ।  यस्तै नेकपा (एमाले) ले ६५ ओटा नगर र १२०ओटा गाउँपालिकासहित १८५ ओटा पालिकामा प्रमुख पद जितेको छ। नेकपा (माओवादी केन्द्र) ले २१ ओटा नगरपालिका र ९६ ओटा गाउँपालिकासहित ११७ ओटा पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा (एकीकृत समाजवादी) ले एक उपमहानगरसहित १६ ओटा पालिकामा प्रमुख पद जितेको छ।  जनता समाजवादी पार्टी(जसपा) ले २३ ओटा पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले १० ओटा पालिकामा प्रमुख पद जितेको छ।  अन्य २६ ओटा पालिकामा अन्य राजनीतिक दलका उम्मेदवारले विजय हासिल गरेका छन्।       त्यसैगरी नेकपा(एमाले) दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

स्थानीय तह निर्वाचन : गुल्मीमा कसले मार्ला बाजी ?

गुल्मी । अघिल्लो निर्वाचनमा गुल्मी नेकपा एमालेको गढका रुपमा देखिएको थियो तर आगामी निर्वाचनमा भने एमालेलाई आफ्नो त्यो वर्चश्व जोगाउन त्यति सहज देखिएको छैन । किनकि यसबीचमा नेकपा एमाले विभाजन भइसकेको छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी तालमेलका लागि पहल भइरहेको छ ।२०७४ सालको निर्वाचनमा गुल्मीका १२ वटा पालिकामध्ये एमालेले ७ वटामा प्रमुख पद र १० वटामा उपप्रमुख पदमा जित हासिल गरेको थियो । तर हाल एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठ