युरोपा लिगमा युनाइटेड र युभेन्ट्स विजयी, आर्सनल बराबरीमा रोकियो

२६ फागुन, काठमाडौं । युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्स विजयी भएका छन् । आर्सनल भने बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु मैदान ओल्डट्राफोर्डमा स्पानिस क्लब रियल बेटिसलाई ४–१ ले हरायो । युनाइटेडका लागि मार्कुस राशफोर्डले छैठौं, एन्टोनीले ५२औं, ब्रुनो फर्नान्डेजले ५८औं र वाउट वेघोर्स्टले […]