सञ्जय कपूरकी छोरी शनाया कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा लागेकी छन् ।
बलिउड स्टारका छोराछोरी फिल्म इन्डस्ट्रिजमा आउने शिलशिलामा एउटा इँटा थप्दै शनायाले डेब्यू गर्न लागेकी हुन् ।
उनलाई करण जोहरले आफ्नो प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा रिलिज गर्न लागेका छन् ।
करणले भिडियो शेयर गर्दै लेखेका छन्- 'हाम्रो फ्यामिलीमा अर्को एक सुन्दर एडिसन थपिएको छ । डीसीए स्क्वाडमा तिमीलाई स्वागत छ शनाया कपूर ।'
शनायाले डेब्यु गर्ने फिल्मको प्रोडक्सन जुलाईबाट शुरू हुने करणले जानकारी गराएका छन् ।
भिडियोमा शनाया विभिन्न प...