मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो । सोही ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने