मनकामना स्मार्ट लघुवित्तको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका सेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगाएरका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ […]

सम्बन्धित सामग्री

मनकामना स्मार्ट लघुवित्तको प्रि - ओपन सेसनमा रू.२९६.७ मा कारोबार शुरु

साउन २०, काठमाडौं । प्रि - ओपन सेसनमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ ।  कम्पनीको शेयर कारोबार प्रतिकित्ता रू. २९६ दशमलव ७ मा खुला भएको हो ।  पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएको गर्दछ  ।  कम्पनीको आईपीओ साउन १७ गते नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सूचिकरण पश्चात दिन सम्पूर्ण आरटिएस सम्बन्धी सेवा एनएमबि क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट हुने पनि नेप्से मार्फत बताएको छ । साताको दोस्रो कारोबार दिन सोमवार र मंगलवार म्याचिङ नभएर कम्पनीको कारोबार भएको थिएन ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबार हुँदै

साउन १७, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।अव कम्पनीको शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीको शेयर एमकेएलबी स्टककोडबाट सूचीकृत भएको हो ।  पहिलो कारोबारको लागि नेप्सेले रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  ।  आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै  सोमवारदेखि  कम्पनीको आईपीओ कारोबारमा आउने भएको हो ।कम्पनीले सूचिकरण पश्चात दिन सम्पूर्ण आरटिएस सम्बन्धि सेवा एनएमबि क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने पनि नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । कम्पनीले आईपीओको बाँडफाँट गत असार २८ गते गरेको थियो । १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुमध्ये गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले शेयर पाएका थिए । कम्पनीले पहिलो चरणमा बाँफाँट गरी बाँकी रहेको दुई कित्ता शेयरमध्ये २० कित्ता भन्दा बढी माथ गर्ने दुई जना आवेदकलाई गोलाप्रथाबाट थप एक एक कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । कम्पनीले असार १७ गते देखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको  ,१९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधरको लागि निष्कासन गरिएको थियो ।

मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं, ३ साउन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरुको लगत अद्यावधिक गर्ने र धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनएमबि क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ । असार १७ गतेदेखि २१ गतेसम्म कम्पनीले […]

मनकामना स्मार्ट लघुविको आईपीओमा मागभन्दा ३६ गुणा बढी आवेदन

असार १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३६ गुणा बढी आवेदन परेको छ ।  विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार बिहान १०:३० बजे सम्ममा ९ लाख ९६ हजार ३३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुको लागि, १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २१ र ढिलोमा असार ३१ गतेसम्म रहेको छ ।  आवेदकले न्यूनतम १० कित्ता रअधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी डबल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा माध्यम मात्रामा सुरक्षित देखाउँछ ।  आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै आवेदकले मेरोशेयर सफ्टवेयरमार्फत पनि पनि आवेदन दिन सक्नेछन् ।

पहिलो दिनमै मनकामना स्मार्ट लघुवित्तको आईपीओमा करीब २२ गुणा बढी आवेदन

असार १७, काठमाडौं । बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ दशमलव ९३ गुणा बढी आवेदन परेको छ ।  कम्पनीले ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साँझ ५ बजेसम्म ३ लाख ६३ हजार ४९२ कित्ता शेयरका लागि ५ लाख ८९ हजार ८१२ जना आवेदकहरुबाट ७९ लाख ७२ हजार ८२० कित्ताका लागि आवेदन परेको हो ।  यो आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको भएपनि मागभन्दा बढी आवेदन पहिलो दिनमै परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ । । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस रेटिङ प्रदान गरेको छ । उक्त आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापकतर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।  गत आर्थिक वर्ष ०७६/७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलिदेखि विक्रीमा

असार १६, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो ।  कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस् रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।  गत आर्थिक वर्ष ०७६/ ७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

असार ८, काठमाडौं ।  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले अव ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको मनकामना स्मार्ट लघुवित्तको नाफा २५० % वृद्धि

तीन ओटा लघुवित्त कम्पनी २७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा

जेठ १८, काठमाडौं । तीन ओटा लघुवित्त वित्तीय संस्थाले २७ लाख ६० हजार ५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।  जीवन विकास लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । ती तीन ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।  ती कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी अर्थात् १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो  । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत गत चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।   त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ३ लाख ८९हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ । ती तीन ओटै कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणसमेत सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरणमा उल्लेख भएअनुसार सो अवधिमा ती तीन ओटै कम्पनीले आकर्षक नाफा कमाएका छन् । सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाले रू. ५६ करोड ३९ लाख ३९ हजार नाफा कमाएको छ  । कम्पनीको नाफा गत आवको तुलनामा नाफा चालू आवमा १०६ प्रतिशतले वृद्धि भएको छ ।  त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तुलनामा चालू आवमा २५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू. ९५ लाख ६ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवमा वृद्धि गरेर रू. ३ करोड ३२ लाख ८३ हजार नाफा कमाएको छ । त्यसैगरी मानुुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको छ । गत आवको तुलनामा उक्त कम्पनीको नाफा १२६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको थियो । तीन ओटै कम्पनीको खुद ब्याज आम्दानी सञ्चालन नाफा र खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढेको हो ।                                                                                        स्रोत : नेपाल धितोपत्र बोर्ड