सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री

जुनारको मुख्य उत्पादन हुने सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित तिनकन्या बाहेक अन्य क्षेत्रका बगैचा रित्तिन थालिसकेको जुनार किसान बताउँछन्।...

सम्बन्धित सामग्री

सिन्धुलीमा उत्पादन भएको ६० प्रतिशत जुनार बिक्री

जुनारको मुख्य उत्पादन हुने सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित तिनकन्या बाहेक अन्य क्षेत्रका बगैचा रित्तिन थालिसकेको जुनार किसान बताउँछन्।...

खाली हुँदै जुनार बगैँचा

गोलञ्जोर  गाउँपालिका–४, तीनकन्याका जुनार किसान लोकबहादुर आलेमगरको बगैँचामा यतिखेर जुनार सकिँदै गएको छ । उहाँले गत वर्ष फागुनसम्म जुनार बिक्री गरी आम्दानी लिनुभएको थियो । यतिखेर उहाँको बगैँचामा अब १० प्रतिशत मात्रै जुनार बिक्री गर्न बाँकी छ ।यो वर्ष असिना, रोग र कीराका कारण जुनार कम उत्पादन हुनुका साथै माग बढी भएकाले सिजन सकिनुअगावै जुनार बगैँचा रित्तिँदै गएको किसान आलेमगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, बगैँचाबाटै ९० प्रतिशत जुनार बिक्री गरी सात लाख रुपियाँजति आम्दानी लिइसकेँ । बाँकी जुनार बिक्री गर्दा एक लाख रुपियाँजति आम्दानी होला ।