पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको …

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा- पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन...

पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

झापा- पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ (कोरोना)को महामारी फैलिएपछि विसं २०७६ चैत ११ गतेदेखि काँकडभिट्टालगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्कीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन...

अन्नपूर्ण पदमार्ग : कोभिड तेस्रो लहरले पर्यटक आगमन ठप्प

कास्की । विश्व पर्यटन बजारका महत्त्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिदेखि पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका बताइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरू बताउँछन् । कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको संख्या ह्वात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । ‘कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ,’ उनले भने । पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरूको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउन समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसायी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ ।’ रासस

रसुवागढी नाकाबाट दुई वर्षदेखि विदेशी पर्यटकको आगमन ठप्प

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवाको रसुवागढीबाट दुई वर्षदेखि पर्यटक आगमन ठप्प रहेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमपछि रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटक आगमन ठप्प भएको हो । नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ । सन् २०२० पछि नाकाबाट पर्यटकको आगमन नभएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो । ‘२०२० जनवरीपछि नाकाबाट पर्यटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘नाकाबाट मानिसको आवतजावत खुला गरेपछि मात्र पर्यटक आउने क्रम सुरु हुनेछ ।’  रसुवागढी अध्याम...

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्यामा वृद्धि  भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । सुनसान जस्तै बनिरहेको यस पदमार्गमा कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित हुन थालेका छन् । केही महीनादेखि दुई÷चार जनाबाट शुरू हुँदै २५/३० जनासम्म आउन थालेका पर्यटक कात्तिकबाट दैनिक दुई हाराहारीमा पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ । विदेशी पर्यटक ४० देखि ५० र आन्तरिक पर्यटक १५० देखि २०० जनाको हाराहारीमा पर्यटक पदमार्गमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले बताएको छ । यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘कोरोना संक्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि पर्यटकको सेवामा व्यस्त बन्दै राम्रो आम्दानी गरिरहेका छन्, चिसो समय हुँदासमेत पर्यटक आगमन भइरहेको छ ।’ कोरोना प्रभावित बनेको यहाँ यतिबेला पर्यटकको चहलपहलले केही पैसा भने पनि दैनिक आम्दानी भइरहेको मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । ‘पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्न समेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि यतिबेला दैनिक १०÷१५ हजार आम्दानी हुँदा धेरै खुशी भएको छु ।’ यस पदमार्ग आसपासको व्यवसाय पर्यटक आगमनले फस्टाइरहेको छ । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककै भरमा जीवन चलाउँदै आएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकनका साथै मनाङबाट थुम्रापास हुँदै मुस्ताङ र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहरमा रहेको छ । यस पदमार्गका लागि आउने पर्यटकले बेँसीशहर बजारका होटल समेत भरिभराउन हुने गरेका छन्न् । रासस

दशैं घुमफिर : खप्तडदेखि पाथिभरासम्म

२४ असोज, काठमाडौं । दशैंको लामो बिदाका लागि घुमफिरको योजनामा हुनुहुन्छ भने यो वर्ष व्यवसायी तपाईंलाई न्यायो स्वागत गर्न तयार छन् । बाह्य पर्यटक आगमन ठप्प जस्तै छ । नेपाल पर्यटन बोर्डले आइतबार मात्र सार्वजनिक गरेको आंकडा अनुसार सेप्टेम्बर महिनामा १० हजार हाराहारी पर्यटक नेपाल भित्रिएका छन् । यसमध्ये अधिकांश गैरआवासीय नेपाली दशैं मान्न घर […]

अन्नपूर्ण सर्किटमा दिनहुँ पर्यटक

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमनको शून्यता तोडिएको छ । विश्वविख्यात यो पदमार्गमा कोभिडले झण्डै २ बर्षयता पर्यटक आगमन ठप्प थियो । अक्टोबर पहिलो सातामै उत्साहजनक रूपमा पर्यटक भित्रिएपछि पदमार्गका व्यवसायी हौसिएका छन् ।

पर्यटनको आम्दानी साढे ५३ अर्बले घट्यो

१४ भदौ, काठमाडौं । कोभिड-१९ महामारीका कारण पर्यटक आगमन ठप्प हुँदा त्यसको नकारात्मक असर मुलुकले प्राप्त आयमा परेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेवा क्षेत्रबाट मुलुकले प्राप्त गर्ने आय आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ७२ अर्ब ८५ करोडले घाटामा गएको छ । यसमध्ये भ्रमण आयमा आएको गिरावटको हिस्सा ठूलो […]

नाकाको समस्या हटाउन व्यवसायीको माग

सीमा नाका बन्द हुँदा पर्यटक आगमन ठप्प भएर व्यवसाय धराशायी भएपछि रूपन्देहीका पर्यटन व्यवसायी आन्दोलित भएका छन् । नाका खुलाएर पर्यटकलाई प्रवेश दिन पटक–पटक माग गरे पनि सुनुवाइ नभएपछि आन्दोलन थालेको व्यवसायीले बताएका छन् ।

https://www.onlinekhabar.com/2020/08/892975

१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल 'होटेल मेची क्राउन'को 'गृहप्रवेश' …