काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माण : करिब सात सय बिघा जग्गा अधिग्रहण

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा–इनरुवा खण्डमा करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ । उक्त खण्डको १०६ किलोमिटर लामो रेल मार्गका लागि सो जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो । रेल मार्गको सो खण्डको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र सुनसरीले अलग अलग सार्वजनिक सूचना जारी गरी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएका छन् ।

सम्बन्धित सामग्री

तल्लो सेती जलविद्युत् : जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

दमौली (तनहुँ) । तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।  आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यकपर्ने जग्गा अधिग्रहण शुरु गरिने उनको भनाइ छ ।  आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत् सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।  आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३, १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।  देवघाट गाउँपालिका–४, गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करीब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुडेंगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको अनुमानित लागत रु २५ अर्ब रहेको छ । आयोजनाका लागि लगानी सुनिश्चित गराउनसमेत पहल थालिएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत् आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।  आयोजना प्रमुख भण्डारीका अनुसार विसं २०८१ मा बोलपत्र आह्वानको तयारी गरिएको छ । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अघि बढाएको थियो ।  परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तरराष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइन बमोजिम थप केही काम गर्ने तयारी गरिएको छ ।  कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडीबीबाट प्राप्त करीब ३।५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरीदका लागि वाप्कोस भारत÷निप्पन कोइ जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरीद सम्झौता भएको थियो । रासस

मन्त्रिपरिषदले खारेज गर्यो विराटनगर विमानस्थलका लागि थप जग्गा लिने आफ्नै निर्णय

काठमाडौं : सरकारले विराटनगर विमानस्थल विस्तारका लागि थप १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न करिब एक वर्षअघि गरेको आफ्नै निर्णय खारेज गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को भदौ ३१ मा बसेको बैठकले जग्गा अधिग्रहणका लागि गत वर्ष कात्तिक २७ गते गरेको निर्णय खारेज गरेको आज जानकारी दिएका हुन्।भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै मन्त्री कार्कीले विसं २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषदले  विराटनगर विम

अझै पारिश्रमिक पाएनन् भृकुटी कागज कारखानाका श्रमिकले

नवलपुर । वर्षाैं अघि बन्द भएर खण्डहरमा परिणत भएको गैंडाकोटस्थित भृकुटी कागज कारखानाका श्रमिकहरूले अझै पारिश्रमिक पाउन सकेका छैनन् । सरकारबाट कारखाना खरिद गरेका व्यवसायीहरूले श्रमिकहरूको करिब २८ करोड रकम भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । २०३९ सालमा सरकारले नवलपुरमा भृकुटी कागज कारखाना निर्माण गर्न गैंडाकोट क्षेत्रको ५२ विगाह जग्गा अधिग्रहण गरि चाइना सरकारलाई […]

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

म्याग्दी जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए ।“७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,” उनले भने “थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि सुरु भएको छ ।” १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो ।जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ । रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ ।डाडाँखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए । उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ ।राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ । सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो ।डाडाँखेत सवस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धक सक्रिय भएका छन् । गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ ।धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडाँैले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ । धवलागिरि गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ । अप्पर हाइड्रोपावर प्रालि काठमाडौँलले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ ।

एमसीसीमार्फत रातमाटे सबस्टेसन बनाउन ४ सय रोपनी जग्गा अधिग्रहण

एमसीसी परियोजनामार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटेमा बनाइने विद्युत् प्रसारण सबस्टेसनका लागि करिब ४ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । विद्युत् प्रसारण आयोजनाले रातमाटेमा निर्माण गर्न लागेको सबस्टेशनका लागि आवश्यक ३९८ रोपनी ७ आना २ पैसा जग्गा अधिग्रहण गरेको हो । बेलकोटगढी वडा नम्बर ७को धनसार, नन्दुटार र अमिलिटारमा गरी सो जग्गा अधिग्रहण भइसकेको छ ।

एमसीसीमार्फत रातमाटे सबस्टेसन बनाउन ४ सय रोपनी जग्गा अधिग्रहण

एमसीसी परियोजनामार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटेमा बनाइने विद्युत् प्रसारण सबस्टेसनका लागि करिब ४ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । विद्युत् प्रसारण आयोजनाले रातमाटेमा निर्माण गर्न लागेको सबस्टेशनका लागि आवश्यक ३९८ रोपनी ७ आना २ पैसा जग्गा अधिग्रहण गरेको हो । बेलकोटगढी वडा नम्बर ७को धनसार, नन्दुटार र अमिलिटारमा गरी सो जग्गा अधिग्रहण भइसकेको छ ।

समस्या नै समस्यामा फोहोर व्यवस्थापन

काठमाडौं । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले आफ्नो माग पूरा नगरेको भन्दै […]

१४ वर्षपछि रेसुङ्गा विमानस्थलको काम तीव्र

गुल्मी-करिब १४ वर्ष अगाडि शिलान्याश गरिएको गुल्मीको रेसुङ्गा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा छ । वि.सं ०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट शिलान्याश भएको रेसुङ्गा विमानस्थलको कामले बल्ल १४ वर्षपछि गति लिएको हो ।जग्गा अधिग्रहण र बजेट अभावले करिब ७-८ वर्ष विमानस्थल निर्माणले गति लिएन । ०७२ सालबाट विमानस्थल निर्माणको काम नियमित भइरहेको छ । […]

औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण सुरु

दमक(झापा) : झापाको दमक–१० मा निर्माण हुने भनिएको ‘क्लिन ग्रीन इन्डस्ट्रियल पार्क’का लागि जग्गा अधिग्रहण सुरु भएको छ। करिब २ हजार १ सय बिघा जग्गामा बन्न लागेको पार्कका लागि ९४२ बिघा जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको र यसको चार किल्लामा पर्ने ३६६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु गरिएको ...