म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । समितिका अध्यक्ष विरेन गर्बुजापुनले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गर्न लागि