तेस्रो त्रैमासमा मिथिला लघुवित्तको नाफा १.७५% घट्यो

वैशाख २३, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ७५ प्रतिशत घटेको छ ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ५ करोड ११ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. ५ करोड २ लाखमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा पनि ३ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ६ करोड ४२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ६ करोड ६७ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा १२ दशमलव २७ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १४ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ दशमलव ३९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ८२ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा ३ दशमलव ४९ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी ४९ दशमलव १७, मूल्य आम्दानी अनुपात ३० दशमलव ५१ गुणा छ भने प्रतिशेयर नेटवर्थ २०८ दशमलव ५१ छ ।  हाल कम्पनीको चुक्तापूँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी १२ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी १२ करोड १७ लाख रुपैयाँ थियो ।

सम्बन्धित सामग्री

३७ % भन्दा बढीले घट्यो मिथिला लघुवित्तको खुद नाफा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष ३७ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा करीब ३९ प्रतिशत कम हुँदा खुद नाफामा असर परेको हो । गत वर्ष रू. ४ करोड २७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ६२ लाखभन्दा बढी मात्र यस्तो नाफा गरेको छ ।  सम्भावित जोखिम शीर्षकको रकममा वृद्धि भएकाले यस वर्ष कम्पनीको सञ्चालन नाफा घटेको हो । गत वर्ष रू. ५३ लाखभन्दा बढी रहेको सम्भावित जोखिम शीर्षकको रकम यस वर्ष रू. ८७ लाखभन्दा बढी रहेको छ । गत वर्ष रू. १ करोड १६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ७९ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको छ । २५ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १७ करोड ४ लाख ३७ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. १८ करोड २० लाखभन्दा बढी कायम भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट यो दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ३० करोडभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म रू. ७९ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ३१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष कम भएको छ । गत वर्ष ३ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव २९ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव ८१ रहेको छ ।