मिथिला लघुवित्तले उठायो डेढ करोड रुपैयाँ खराब कर्जा, ब्याज आम्दानी बढेपनि खुद नाफा घट्यो

वैशाख २३, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड ४७ लाख खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ३७ लाख खराब कर्जा उठाएको थियो । गत आवको तुलनामा चालू आवमा भने कम्पनीको खुद नाफा १ दशमलव ७५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड ११ लाख नाफा कमाएकोमा चालू आवमा रू. ५ करोड २ लाख कम भएको हो । चालू आवमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीको खुद बयाज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ९ दशमलव ३९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ८ करोड ४६ लाख रहेकोमा चालू आवमा बढेर रू. ९ करोड २६ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ६३ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १४ करोड ७९ लाख सञ्चित गरेको होे । सो अवधिमा कम्पनीले रू. १ अर्ब १९ करोड सापटि लिएर,रू. ६४ करोड ४५ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ७ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४९ दशमलव १७,मूल्य आम्दानी अनुपात ३० दशमलव ५१ गुणा,तरलता अनुपात ५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ५१ रहेको छ ।