रुपन्देही - रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुल्ला गरेको छ ।
उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको प्रवक्ता शिव रानाले जानकारी दिनुभयो । वडा नं १ देखि १३ र वडा नं १९ का जग्गालाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
वडा नं १४, १६ र १८ का ९५ वटा सडकका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गा गैरकृषि क्षेत्र कायम भएको छ । वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्...