काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ५९ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश १९.४ ओभरमा ५८ रनमा अल आउट भयो । मधेशकी युवा ब्याटर साना प्रविनले ४५ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाइन् […]