पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । कास्कीका २, नवलपरासी पूर्वमा ३, बागलुङमा १ र गोरखामा १ सहित ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए । उनका अनुसार पोखरा –१४ का ६२ वर्षका पुरुष, पोखरा –१२ का ६७ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी नवलपरासी पूर्व