गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा स्याङजामा ६,बागलुङ ४, पर्वत ४, कास्की ३, तनहुँमा २ र मुस्ताङमा १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मुस्ताङ थसाङ–५की ५३ बर्षिय महिलाको पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी पोखरा–१३