एक महिनापछि सुदूरपश्चिम प्रदेशसभा बैठक आह्वान

धनगढी । आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ । एक महिना देखी अनिश्चित हुदैँ आएको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। सो बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो। प्रदेश सभा सचिव देबबहादुर बोगटीले […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई १० पुससम्म सपथ खुवाउने तयारी

धनगढी– ४ मङ्सिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरूलाई १० पुससम्म सपथ खुवाउने तयारीमा सुदूरपश्चिम प्रदेशसभा सचिवालय जुटेको छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको सपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । २ पुसमा आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची […]

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।&

सुदूरपश्चिम प्रदेशसभा बैठक पुन स्थगित , बजेट माथि अझै छलफल हुन सकेन

कैलाली । प्रतिपक्षी दलका सुदूरपश्चिम प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको छ । आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए । प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि […]

सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाउने तयारी

सुदूरपश्चिम । संविधानअनुसार यही महिनाभित्र बोलाइसक्नुपर्ने सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन (हिँउदे अधिवेशन) माघ २६ गते बोलाउने तयारी भइरहेको छ । प्रदेशसभाका सचिव रामसिंह धामीले प्रदेशसभाको बैठक यही माघ २६ गते बोलाउने अनौपचारिक जानकारी आएको बताए । “संविधानअनुसार यही माघभित्र बैठक आह्वान गरिसक्नुपर्ने हुन्छ”, सचिव धामीले भने, “बैठक बोलाउने विषयमा अहिलेसम्म औपचारिक जानकारी भने आएको छैन ।”