सिक्किम पुग्यो अदीतिको ‘बाबरी’

फिल्म ‘बाबरी’ युनिट अहिले सिक्किम पुगेको छ । फिल्मको छायाँकन पुरा गर्न निर्देशक सुरेन्द्र पौडेल टिमसहित सिक्किम पुगेका हुन् । यस अगाडि देशको बिभिन्न स्थानमा ४० प्रतिशत छायाँकन सकाएको यो युनिटले सिक्किममा फिल्म पुरा गर्नेछ ।त्रिकोणात्मक प्रेम कथामा निर्माण भइरहेको फिल्ममा ‘बाबरी’ मा अदीतिका अलवा धिरज मगर, धिरज टोटलानी, तृप्ती नाडकर लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ । 

सम्बन्धित सामग्री

अभिनेत्री अदीति बुढाथोकीलाई कोरोना संक्रमण

अभिनेत्री अदीति बुढाथोकी कोरोना संक्रमित भएकी छन् । हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।‘सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन् ‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् । फिल्म ‘बाबरी’ को सिक्किम छायांकन सकाएर उनी केही अगाडि मुम्बई पुगेकी थिइन् । विगत लामो समयदेखि मु

बाबरी सुटिङलाई सिक्किम पुगिन् अदिती

सिक्किम । होमप्रोडक्सन फिल्म ‘बाबरी’ छायांकनलाई अभिनेत्री अदिती बुढाथोकी भारतको पूर्वोत्तर राज्य सिक्किम पुगेकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्मको ६० प्रतिशत छायांकन सिक्किममै हुने जनाइएको छ । फेसबुक र इन्स्टाग्राममा तस्बिर सेयर गर्दै अदितीले सिक्किममा फिल्म छायांकन सुरु हुन लागेको बताएकी छिन् । सिक्किम सरकारले आफूकहाँ छायांकन हुने फिल्मलाई भारु १ करोड अनुदान उपलब्ध […]

काठमाडौं फर्कियो बाबरी युनिट : RajdhaniDaily.com - काठमाडौं

RajdhaniDaily.com | काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम जान - काठमाडौं

अदीतिको ‘बाबरी’ फ्लोरमा

काठमाडौंँ । फिल्म ‘बाबरी’को छायाँंकन सुरु भएको छ । पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै सोमबारबाट फिल्म छायाँकनका लागि फ्लोरमा निस्किएको हो ।सुरेन्द्र पौडेलको मुख्य निर्देशन रहेको फिल्ममा धीरज मगर र अभिनेत्री अदीति बुढाथोकीको मुख्य भूमिका रहनेछ । दुई साता पूर्वका विभिन्न स्थानमा छायाङ्कनपछि  निर्माण टिम सिक्किम प्रस्थान गर्ने निर्देशक पौडेलले बताए ।त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्ममा  धीरज र अदीतिको अलवा तृप्ति नाडकरका छोरा धीरज टोटलानीको पनि मुख्य भूमिका रहनेछ । टोटलान