प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर– मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो । तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक बस्दैनबसी स्थगित

काठमाडौं, ३ भदौ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । संसद् गतिरोध अन्त्य गर्ने विषयमा एमालेसँग सहमति नजुटेसँग भदौ ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै नेकपा (एमाले) ले तीन हप्तादेखि संसद् अवरुद्ध गर्दै आएको छ । एमालेको माग बमोजिम सरकार छानविन समिति बनाउन तयार […]

बागमती प्रदेशसभा बैठक सोमवार बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलालले दलको तर्फबाट सम्बोधन गर्ने क्रममा एमालेको माग पूरा नभएसम्म बैठक चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारसम्मका लागि बैठक स्थगित गरेका थिए । आगामी आवका लागि प्रदेश सरकारले ल्याएको […]

एमालेको माग पुरा गर्न प्रधानमन्त्री लचिलो, आजै साँझ फेरी छलफल हुने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा कांग्रेस र एमालेका अन्य नेताहरु पनि छफलमा सहभागी थिए। छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए  । एमालेले नै दर्ता गरेको प्रस्तावलाई कांग्रेसले प्रक्रियामा लगेर टुंगो लगाउन लागेकोले त्यसमा सहयोग गर्न आग्रह गरिएको उनले बताए  । यस विषयमा आजको वार्ता सकारात्मक रहेको र आज साँझ ७ बजे पुन: छलफल गरि बैठक स्थगित भएको महामन्त्री थापाले बताए  ।महामन्त्री थापाले अहिलेको गठबन्धन अब अगाडी बढ्न नसक्ने निष्कर्षमा पुगिएको पनि बताए  । तर सत्ता समीकरणमा छलफल हुनु अगाडी अहिलेको छलफल भने संसदको अवरोध खुलाउने र एमसीसीलाई पारित गर्नेमा केन्द्रित रहेको बताए  ।आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगित भए पछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेका हुन् । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल अघि बढाएका हुन् ।  प्रतिनिधिसभाको बैठक भोलि शुर्क्रबर १३ दिउँसो १ बजे बस्ने भएको छ ।प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न ओलीको साथ खोजेका छन् । ओलीले भने आफ्ना माग पुरा नभए सम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएका छन् । एमालेले सभामुखले राजिनामा दिनु पर्ने र आफ्ना पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई संसद बैठकमा राखेर संसद चल्न दिन नसक्दै बताउदै आएको छ । एमालेले नेकपा एकिकृत समाजवादीका ति १४ जनालाई गैर सांसदको संज्ञा दिदै आएको छ । गैर सांसद राखेर संसद बैठक चल्न नसक्ने एमालेको अडान छ । देउवाले यस अघि पनि पटक पटक एमालेसँग संवाद गरेका थिए । यस्त परिस्थितिमा आज साँझ हुने छलफल भने निर्णायक हुने बताईएको छ । हालको सत्ता गठबन्धन भत्किने संकेत समेत नेताहरुले गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  आज संसद भवनबाट बाहिरिने क्रममा गठबन्धन बन्नु र भत्किनु ठूलो कुरा नभएको बताएका थिए  । त्यस्तै एमाले सचिव योगेश भट्टराईले गठबन्धन रहेसम्म देशले निकास नपाउने बताएका थिए  । अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने भट्टराईको भनाई थियो। कांग्रेस नेताहरुले समेत सत्तामा बस्ने तर सरकारले ल्याएको प्रस्ताव पास नगर्ने हो भने सरकारमा बस्नुको औचित्य समाप्त हुने बताउदै आएका छन् । यिनै कारण सत्ता समीकरणमा फेरबदलको सम्भावना अधिक रहेको नेताहरु बताउछन् ।

प्रदेश १ मा विश्वासको मत लिने प्रक्रिया स्थगित गर्न एमालेको माग

विराटनगर । प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ। आज मंगलबार बस्न लागेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची छ।

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

प्रतिक्षदलले बन्दका कारण सांसदहरू आउन नसक्ने भनेर बखेडा झिकेपछि साढे १२ बजे बस्ने भनेको बैठक अझैसम्म बस्न सकेको छैन।...

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो । सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक […]

प्रदेश–१ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

काठमाडौं । प्रदेश नम्बर–१ मा नेकपा (एमाले)का तर्फबाट पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइएको छ । एमालेले आउँदो १५ गते बैठक राख्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको हो । प्रदेशसभा सचिवालयले दुई दलको तर्फबाट निवेदन दर्ता गराइएको जानकारी दिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक...

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्। सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ। नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन…