वाग्मती प्रदेश सभा बैठक अवरुद्ध : कर्मचारीलाई धम्की दिएकोबारे संसदीय छानबिन समिति गठन गर्न एमालेको माग

मकवानपुर - वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले दिने अनुदान रकम आफ्नालाई दिन मातहतका कर्मचारीलाई धम्की दिएको विषयमा छानबिनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेमार्फत स्वकीय सचिव, मन्त्री र सचिव समेतले कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डमा सुनेपछि त्यसको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको हो । बिहान प्रदेश सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित भएको छ । स...