संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा ५ नयाँ सदस्य थपिए

काठमाडौँ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‍मा ५ नयाँ सदस्य थपिएका छन् । सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका हुन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२ र स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने […]

सम्बन्धित सामग्री

सुरक्षा परिषदको ढाँचामा सुधार आवश्यक

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् ढाँचामा सुधार आउनुपर्ने र भारतजस्ता विकासशील राष्ट्रको प्रतिनिधित्व बढ्नुपर्नेजस्ता विषय विगत लामो समयदेखि संयुक्त राष्ट्रसंघको महासभामा चर्चाको विषय रहँदै आएको छ । अब त जी–२० जस्ता अन्तर्राष्ट्रिय मञ्चबाट समेत पनि यस विषयले महत्व पाउन थालेको छ । सन्तुलनको दृष्टिकोणले र सुसमानताको सिद्धान्त मूर्तरूप प्रदान गर्न पनि सुरक्षा परिषदको ढाँचामा समयसापेक्ष परिवर्तन […] The post सुरक्षा परिषदको ढाँचामा सुधार आवश्यक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला हिंसा गर्नेलाई कडा कारबाही : मन्त्री श्रेष्ठ

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कदम बाँकी नराख्ने बताएका छन्।आइतवार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताए। उनले महिला हिंसासम्बन्धी विगतका घटनाको पनि अनुसन्धान गरिने र पीडितलाई न्याय दिइने बताए।अनुसन्धान गरी दोषी र अपरा

यस्ता छन् भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका १६ निर्णय

२०७९ साल भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु :१. देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलव सुविधा आयोग गठन गर्ने । २. आ.व. २०७९/८० को लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने। ३. विमानस्थलमा मात्र ट्रान्जिट हनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/१/१३ मा भएको निर्णय खारेज गर्ने। ४. संयुक्त राष्ट्रसंघको अनुरोधमा United Nations Multidimensional Integrated Stabilization Mission in Mali (MINUSMA) मा सशस्त्र प्रहरी बल, नेपालका १४० जना नफ्रीको Formed Police Unit परिचालन गर्न स्वीकृति दिने। ५. बेलायतमा मिति २०७९ भदौ २२ देखि २४ सम्म Ordnance Survey UK (सरकारी निकाय) ले आयोजना गर्ने The exposure program and knowledge sharing related to the Airborne Lidar Project wareft भ्रमण कार्यक्रममा सहभागी हुन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिने।६. बालाजु-त्रिशुली सडक खण्डको (मुद्खु -तिनपिप्ले) ५.५ किलामिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने। ७. मिति २०७९ भाद्र २० देखि २३ गते सम्म Vladivostok, Russia मा हुने 2nd International Tiger Forum (7th Eastern Economic Forum) सम्बन्धी कार्यक्रममा वन तथा वातावरण मन्त्री श्री प्रदीप यादव र सचिव डा.पेम नारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने।८. २०७९ भाद्र २३ गतेदेखि २४ गतेसम्म Cote d'Ivoire मा आयोजना हुने Transforming Literacy learning spaces सम्बन्धी कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको नेतृत्वमा सचिव श्री रामकृष्ण सुवेदीलाई सहभागी हुन स्वीकृति दिने। ९. शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक वर्ष २०७९।०८० को लागि राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी स्वीकृत गर्ने।१०. महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव नं.१३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।११. फौजदारी कसूर (कैद कट्टा) (दोस्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने। १२. विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९ स्वीकृत गर्ने।१३. तत्काल समस्या समाधान निर्देशिका, २०७९ स्वीकृत गर्ने।१४. विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि, २०७९ स्वीकृत गर्ने।१५. राष्ट्रिय चिकित्सा शिक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने।१६. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।

राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता नरेन्द्र मोदीले गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को खुला छलफलमा अध्यक्षता गर्दैछन्। भिडियोमार्फत मोदीले सुरक्षा परिषद्‌ छलफलको अध्यक्षता गर्न लागेका हुन्। आज समुद्री सुरक्षा र सहयोगबारे राष्ट्रसंघीय फोरममा छलफल हुँदैछ।मोदी सुरक्षा परिषदमा छलफलको अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ।आफूले राष्ट्रसंघीय बैठकको अध्यक्षता गर्न लागेको जानकारी मोदी स्वयम्‌ले ट्वीटरमार्फत पनि जानकारी दिएका छन्। ट्वीटर

बेलायतलाई रुसले भन्याे आगोसँग नखेलेकै राम्राे

झूठो कथा बुनेर बेलायतले आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको छ। सलिसबरी जासुस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा मस्कोका प्रतिनिधि भासिली ...