कांग्रेस पदाधिकारी छलफलमा जुट्दै : यस्तो छ गृहकार्य

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीहरू आज पनि छलफलमा जुट्दै छन् । कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल गर्न लागिएको हो । दिउँसो बस्ने बैठकको स्थल भने टुंगो लागेको छैन । कार्यसम्पादन समितिको बैठक भोलिका लागि आह्वान गरिएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पनि सहभागी हुने...

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारीमा जुट्दै आयोग

राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ । निर्वाचन कार्यतालिकाअनुसार पर्सि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि आयोगले शनिबारदेखि नै आन्तरिक गृहकार्य शुरू गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने

वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ  । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने । उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।