दाङ । दाङको बबई गाउँपालिकाको हापुरेमा आयुर्वेद पद्धतीको स्वास्थ्य शिविर आयोजना सम्पन्न भएकाे छ । आयुर्वेद उपचारको बारेमा ग्रामीण क्षेत्रका जनतालाई जानकारी दिने उद्देश्यले पहिलो पटक शिविर आयोजना गरीएको थियाे । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले गरेको वृहत स्वास्थ्य शिविरमा एलोप्याथिक उपचार गर्दै आएका बिरामीहरुको उल्लेख्य सहभागिता थियो । आयुर्वेद पद्धतिबाट गरिने उपचारमा ग्रामीण क्षेत्रका बासीन्दालाई […]