काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् ।  धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् ।

सम्बन्धित सामग्री

सालको काठ तस्करी बढ्यो

काठमाडौँ,१८ पुष । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको […]

सर्लाही : चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ६ भवानीपुरबाट चिरान गर्दै गरेको ५० क्युफिट सालको काठसहित एक जना पक्राउ परेका छन् ।   बरहथवा नगरपालिका १६ कटानी घर भएका ४२ वर्षीय रामचन्द्र महरा चमारलाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय मुर्तियाका जम्दार अम्बरबहादुर पाख्रिनले जानकारी दिनुभयो । काठसहित पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सर्लाहीमा पठाएको छ ।  काठ तस्करीमा संलग्न अर्का एक जना भागेका छन् । तस्करले सर्लाहीका जङ्गलबाट साल, सिसौ, खयर जातको काठ तस्करी गर्ने गरेका छन् ।  ...

जीपमा फल्स बटम बनाएर तस्करी

कञ्चनपुर : बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो। जिल्ला

वन समितिकै संलग्नतामा काठ तस्करी

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ टक्सारस्थित एक सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरू नै काठ तस्करीमा संलग्न रहेको भेटिएको छ । स्थानीय कल्पना डाँडापारी सामुदायिक वनबाट काठ तस्करी गरेका व्यक्ति पक्राउ परेपछि उनीहरूको संलग्नता भेटिएको हो । हो ।

बढ्दो तस्करीले वन संरक्षणमा चुनौति

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका बेला कैलालीमा काठ तस्करी बढेको छ । डिभिजन वन कार्यालय कैलालीले मात्रै काठ तस्करीमा संलग्न रहेको आरोपमा जिल्लामा प्रहरीले १९ जनालाई पक्राउ गरेको जनाएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले लकडाउन भएयता १२ जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको र सात जना अहिले हिरासतमा रहेको बताए ।