काठमाडौँमा निषेधाज्ञा खुकुलो, राति ८ बजेपछि पनि सवारी चलाउन पाइने

काठमाडौँ– काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप आठ दिन लम्ब्याइएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म बढाउने निर्णय गरेको हो। उपत्यकाका सिडिओहरुले राति ८ बजेपछि सवारी चल्न नपाउने व्यवस्था पनि हटाएका छन्। यस अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितको खेलकुद लगायतका भीडभाडयुक्त गतिविधि गर्न रोक लगाइएको छ। […]

सम्बन्धित सामग्री

पाँचथरमा निषेधाज्ञा खुकुलो

पाँचथर । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा १३औं पटक थप भएको छ । साउन ३२ गते मध्यरातदेखि लागू हुने निषेधाज्ञा खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट आइतवार जारी सूचना अनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुराँ स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । संक्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय खोल्न भने रोक लगाइएको छ ।      सवारीका साधन सञ्चालनमा लगाइएको जोरबिजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश आउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो । पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ संक्रमण घटेको तथ्यांकमा देखिए पनि संक्रमणको खतरा भने उत्तिकै छ । रासस

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थाले

धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् । धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । […]

बैतडीमा निषेधाज्ञा खुकुलोभएपछि चहलपहल बढ्यो, जोखिम कायमै  (फोटोफिचर)

बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ।  भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।  निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ।  यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ।  चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।शैक्षिक गतिविधिका साथै विभिन्न स्

आजदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो

काठमाडौं। आजदेखि काठमाडाैं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार निजी सवारी साधन तथा ट्याक्सीलाई जोर/बिजोर प्रणालीमा चल्ने दिइएको छ भने सपिङ मल, विभिन्न प्रकारका पसल, राइड सेयरिङ, हार्डवेयर पसल लगायतका पसललाई बार अनुसार खुल्न दिनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो। यसैगरी बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारसम्बन्धी कार्यालयहरु पनि आजदेखि खुलेका छन्।

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

कास्कीको निषेधाज्ञा खुकुलो, जोरबिजोरको आधारमा निजी सवारी चल्ने

कास्कीमा निषेधाज्ञा केही खुकुलो पारिएको छ । असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीमा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय दुई महिना पुग्ने भएको छ ।आइतबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले नीजी सवारी साधनलाई जोरबिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । मंगलबारदेखि जोर गते जो

खुकुलो निषेधाज्ञामा सवारी चाप बढ्दो (फोटो फिचर)

काठमाडौं : उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सवारीसाधनको चाप बढेको छ। काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो।उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो भएको हो।