भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षिया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए ।भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका ल