प्रेस सेन्टर नेपाल ललितपुरको अध्यक्षमा कार्की, काठमाडौंमा बराल

काठमाडौं । प्रेस सेन्टर नेपाल, ललितपुरको चौथो जिल्ला अधिवेशनले रामहरि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा गोपाल आलेमगर र केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवमा अनिल पन्त, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल र सदस्यहरूमा सक्षम अधिकारी र पवन पन्तलाई चयन गरेको हो ।जिल्ला अधिवेशनकै क्रममा रातोपाटीकर्मी राजकुमार सिग्देललाई ‘मिलन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सिग्देललाई उक्त पुर