लगानी सिद्धान्तविपरीत बीमाको बोनस

जीवन बीमा पोलिसीका ग्राहकले पाउँदै आएको बोनस लगानीको सामान्य सिद्धान्त विपरीत रहेको देखिन्छ । फरक फरक अवधिको पोलिसीमा पनि बीमितले प्रायः समान बोनस पाउने गरेका छन् । सामान्यतया लामो समयको लगानीमा जोखीम धेरै ग्रहण गर्नुपर्ने भएकाले लगानीकर्ताले पाउने प्रतिफलको दर पनि स्वाभाविक रूपमा बढी हुनुपर्छ । बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई पनि यस कुरामा सहमत छन् । सिद्धान्ततः अहिले जीवन बीमामा चलेका बोनसको आधार गलत भएको केसी र भट्टराई स्वीकार्छन् । बोनस निर्धारणका सम्बन्धमा बीमा ऐनमा पनि स्पष्ट व्यवस्था छैन । त्यसैले कम्पनीले आफ्नो हिसाबले बोनस निर्धारण गर्दै आउनुमा नियामक निकाय बीमा समितिको नीति नै कमजोर देखिन्छ । समितिले नै केका आधारमा बोनस निर्धारण गर्ने भन्ने स्पष्ट प्रावधान राख्नुपर्ने नेपाल लाइफका भट्टराईको धारणा छ । अहिले प्रायः नेपाली जीवन बीमा कम्पनीले दिइरहेका फ्ल्याट बोनस लामो समयको पोलिसी खरिद गर्ने ग्राहकका लागि अन्याय भएको नाम उल्लेख नगर्ने शर्तमा एक बीमा कम्पनीका उच्च अधिकारी बताउँछन् । यसरी लामो अवधिको पोलिसीबाट आउने पैसा सित्तैमा लगाउन पाएजत्तिकै हुने भएकाले बीमा अवधिको आधारमा बोनस निर्धारण गर्नेतर्फ कम्पनीहरूले ध्यान नदिएको उनको आरोप छ । संसारबा प्रायः सबै मुलुकमा पोलिसीको म्याच्युरिटीका आधार बीममा बोनस निर्धारण हुने गरेको छ । छिमेकी मुलुक भारतमै पनि यो अन्तर्राष्ट्रिय मान्यताका आधारमा बोनस दर निर्धारण गर्ने गरिएको छ । वर्ष ५, अंक ४५, २०६७, असार २६– साउन २

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कोषको १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कोषले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नागरिक लगानी कोषले ३० प्रतिशत बोनस दिने

नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।त्यसैगरी आव २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान […]

नागरिक लगानी कोषद्वारा उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गरिने

काठमाडौँ – नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने  भएकाे छ। काठमाडाैँमा साेमबार आयाेजित कोषकाे २७ औं वार्षिक साधारणभामा  कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले ०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको जानकारी दिए। सभाले ०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल […]

नागरिक लगानी कोषले गर्‍यो बोनस सेयरको घोषणा

काठमाडौँ- नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कोषको बसेको सञ्चालक समिति बैठकले सेयर धनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारण सभाबाट […]

नागरिक लगानी कोषले गर्यो बोनस सेयरको घोषणा

काठमाडौँ – नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ। कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो। कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १‍.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित बोनस […]

होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२

लगानी सिद्धान्तविपरीत बीमाको बोनस

जीवन बीमा पोलिसीका ग्राहकले पाउँदै आएको बोनस लगानीको सामान्य सिद्धान्त विपरीत रहेको देखिन्छ । फरक फरक अवधिको पोलिसीमा पनि बीमितले प्रायः समान बोनस पाउने गरेका छन् । सामान्यतया लामो समयको लगानीमा जोखीम धेरै ग्रहण गर्नुपर्ने भएकाले लगानीकर्ताले पाउने प्रतिफलको दर पनि स्वाभाविक रूपमा बढी हुनुपर्छ । बीमा समितिका अध्यक्ष फत्तबहादुर केसी र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई पनि यस कुरामा सहमत छन् । सिद्धान्ततः अहिले जीवन बीमामा चलेका बोनसको आधार गलत भएको केसी र भट्टराई स्वीकार्छन् । बोनस निर्धारणका सम्बन्धमा बीमा ऐनमा पनि स्पष्ट व्यवस्था छैन । त्यसैले कम्पनीले आफ्नो हिसाबले बोनस निर्धारण गर्दै आउनुमा नियामक निकाय बीमा समितिको नीति नै कमजोर देखिन्छ । समितिले नै केका आधारमा बोनस निर्धारण गर्ने भन्ने स्पष्ट प्रावधान राख्नुपर्ने नेपाल लाइफका भट्टराईको धारणा छ । अहिले प्रायः नेपाली जीवन बीमा कम्पनीले दिइरहेका फ्ल्याट बोनस लामो समयको पोलिसी खरिद गर्ने ग्राहकका लागि अन्याय भएको नाम उल्लेख नगर्ने शर्तमा एक बीमा कम्पनीका उच्च अधिकारी बताउँछन् । यसरी लामो अवधिको पोलिसीबाट आउने पैसा सित्तैमा लगाउन पाएजत्तिकै हुने भएकाले बीमा अवधिको आधारमा बोनस निर्धारण गर्नेतर्फ कम्पनीहरूले ध्यान नदिएको उनको आरोप छ । संसारबा प्रायः सबै मुलुकमा पोलिसीको म्याच्युरिटीका आधार बीममा बोनस निर्धारण हुने गरेको छ । छिमेकी मुलुक भारतमै पनि यो अन्तर्राष्ट्रिय मान्यताका आधारमा बोनस दर निर्धारण गर्ने गरिएको छ । वर्ष ५, अंक ४५, २०६७, असार २६– साउन २

स्वावलम्बन लघुवित्त र नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

भदौ १६, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नागरिक लगानी कोषले नौ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २६औं वार्षिक साधारणभाले ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत कोषले जनाएको छ । त्यसैगरी आर्थिक […]