नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत, कहिलेबाट गर्न मिल्छ कारोबार ?

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कोषको १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कोषले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य समायोजन

असार ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संथा लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले नागरिक लगानी कोषको ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३ हजार ७४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ४ हजार ८० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ९ प्रतिशत बोनस शेयर ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते २६औं सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, नेप्सेले नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५४९ तोकेको छ । सोमवार कम्पनीको रू. ६२६ मा कम्पनीको अन्तिम कारोबार भएको थियो ।  कम्पनीले पाँचौं वार्षिक साधारण सभा असार ३१ गतेलाई तय गरेको छ । सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे शुरु हुनेछ ।  सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित प्रस्ताव गर्नेछ ।   दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा सोमवारसम्म कायम शेयरधनीहरुले मात्र दुवै कम्पनीको सभामा भाग लिन सक्ने भएका छन् ।