धनकुटामा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न

असोज १३, धनकुटा । धनकुटामा बुधवार मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्मपन्न भएको हो ।  पूर्व प्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पूरुषतर्फ ३० जना र महिलातर्फ ६ जना धावकहरु सहभागी भएका थिए । धनकुटाको बसपार्कबाट शुरु भएको प्रतियोगिता मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारायण चोक, माथिल्लो कोप्चे, बिहीबारे हटिया, तल्लो कोप्चे, यलम्बर चोक, कोशी ग्याँस हुँदै मदन चोकमा आएर समापन भएको थियो ।  प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सविन राई दोस्रो र शुशिल लिम्बू तेस्रो भएका छन् । उनीहले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिलातर्फ रेनुका पाख्रिन तामाङ प्रथम, मन्दिरा तामाङ दोस्रो र एलिना लिम्बू तेस्रो भएका थिए उनीहरुले क्रमश नगद ४ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन् ।  म्याराथन दौड प्रतियोगिताको विजयीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डि आइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित सामग्री

दिवसले जिते दौड उपाधि

तमु ल्होसार २०७९ को अवसरमा आयोजित मिनी म्याराथन नाम दिइएको ९ किमिको पुरुष दौड प्रतियोगिता दिवस लिम्बुले जितेका छन् । महिला ५ किमि दौडको उपाधि पेम्बाल्हामु शेर्पाले जितेकी छन् ।

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि म्याराथन

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । बन्दीपुर गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ गते मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले म्याराथन दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको बताए ।