बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि म्याराथन

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । बन्दीपुर गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ गते मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले म्याराथन दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको बताए ।

सम्बन्धित सामग्री

विराट–बर्जु हाफ म्याराथन हुने

मोरङ – पर्यटन प्रवद्र्धनका लागि मोरङ सुनसरीलाई जोडेर विराट बर्जु हाफ म्याराथन हुने भएको छ। कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकासम्मको लागि हाफ म्याराथन हुने भएको हो। पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका सचिव डा. सञ्जीव राईले विराटनगरको भेडियारीस्थित विराट राजाको दरवार क्षेत्रदेखि सुनसरीको बर्जु तालसम्म करिब […]

सुदुरपश्चिमको पर्यटन प्रवद्धर्नका लागि म्याराथन

खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको छ । सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको छ ।

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन यही पुस २७ मा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा दोस्रो ऋषिङ अल्ट्रा म्याराथन म्याराथन प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको आयोजनामा यही पुस २७ गते अल्ट्रा म्याराथन हुन लागेको हो । गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका लागि प्रतियोगिता गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको भन्दै उनले केही समयअघि मात्रै पालिकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको उनले बताए । गाउँपालिकाले पुस २७ गते खुल्ला म्याराथन, स्थानीय म्याराथन र महिला म्याराथन प्रतियोगिता एकैसाथ आयोजना गर्दै छ । खुला म्याराथन ४२.२ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुंगाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुंगिनेछ । स्थानीयतर्फ १० किमी दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ ४ किमी दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुंगिनेछ । रासस

पर्यटन प्रवद्र्धनका लागि राष्ट्रियस्तरको म्याराथन

विश्वकै नवौं अग्लो स्थानमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने प्रख्यात पाँचपोखरी कुण्ड रहेको स्थानसम्म पर्यटन प्रवद्र्धनका लागि म्याराथन हुने भएको छ । पाँचपोखरीसहितका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि शनिबार ट्रेल रेस प्रतियोगिता हुन लागेको हो ।बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिको संयुक्त आयोजनामा पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथुन–२०२१ हुनेछ […]

पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि ट्रेल रेस हुँदै

सिन्धुपाल्चोक । विश्वको नवौं अग्लो स्थानमा पर्ने यहाँको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ । बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन लागेको हो ।      पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको प्रवद्र्धन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । ‘यहाँ रहेका पर्यटकीय क्षेत्रको सम्भावना खोजी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यअनुरूप प्रतियोगिता राखेका छौं,’ उनले भने । यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए । यस वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पपर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पु¥याउने विश्वास रहेको अध्यक्ष लामाले बताए ।   पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो । पहिले प्रतियोगिता आयोजना गरे पनि गएको वर्ष कोभिडका कारण स्थगन गरिएको गाउँपालिकाले बताएको छ । जनैपूर्णिमाका दिन लाग्ने पाँचपोखरी मेलाका अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको हो । प्रतियोगिता आगामी कात्तिक २७ गते सञ्चालन गरिनेछ । सो म्याराथनमा १५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी धावकमध्येबाट खुलातर्फ उत्कृष्ट १० भित्र पर्न सफल, सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचभित्र पर्न सफल र भेट्रानतर्फ उत्कृष्ट तीनभित्र पर्न सफल सहभागीलाई नगदसहित मेडल उपलब्ध गराइनेछ । सो म्याराथनमा सहभागी हुन चाहनेले दर्ता शुल्कबापत खुलातर्फ अन्य जिल्लाकालाई ३ हजार ५००, सिन्धुपाल्चोकवासीका लागि २ हजार ५०० र विदेशीका लागि ८० डलर तोकिएको छ । रासस

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा

काठमाडौं । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ । यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिनुभयो । ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार ...

मिनि म्याराथनमा सुर्यराज प्रथम

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित मिनि म्याराथन प्रतियोगीतामा सुर्यराज राई प्रथम भएका छन्। ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि फागुन १३ गतेदेखि जारी बहानेपोखरी महोत्सवको अवशरमा शुक्रबार आयोजित मिनि म्याराथन प्रतियोगीतामा केपीलासगढी गाउँपालिका–३ बाँसपानीका सुर्यराज प्रथम भएका हुन्।

पर्यटन प्रवद्र्धनका लागि खुल्ला म्याराथुन

खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।

पर्यटन प्रवद्र्धनका लागि तनहुँमा अल्ट्रा म्याराथन - Naya Patrika

तनहुँको ऐतिहासिक पर्यटकीय स्थल मानुङ्गकोटदेखि पुलिमराङ्गसम्म अल्ट्रा म्याराथन हुने भएको छ । पर्यटन प्रवद्र्धनका लागि व्यास नगर प्रथम अल्ट्रा म्याराथन हुन लागेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।...पूरा पढ्नुहोस् »