कजाखस्तानका राष्ट्रपति कासीम–जोमार्ट टोकायभले देशको राजधानीको नाम पुनः अस्तान नै बनाउने सहमति जनाएका छन् । राष्ट्रपतिका प्रवक्ता रुस्लान झेलिबान सांसदहरुको एक समूहको अभियानपछि राष्ट्रपतिले राजधानीको नाम बदलेर पुनः पहिले कै राख्न सहमति जनाएको बताए । तीन वर्षअघि तोकायभ आफैले उनका पूर्ववर्ती राष्ट्रपति तथा उनका राजनीतिक गुरु नुरसुल्तान नजरबायभको सम्मानमा राजधानीको नाम बदलेर नुर–सुल्तान राखेका थिए । त्यसअघि सो सहरको नाम अस्ताना थियो ।सन् २०१९ मा राष्ट्रपति बनेपछि तोकायभले गरेका