प्रतिनिधिसभा समानुपातिकतर्फ रवि लामिछानेको पार्टी तेस्रो स्थानमा

काठमाडौं – प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ। समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो। निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]

सम्बन्धित सामग्री

रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरले  विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।  नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।&nbs

फेरि तेस्राेमा झरे रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

मतान्तर घटाउँदै दोस्रोमा उक्लिए रवि लामिछाने, उमेश श्रेष्ठ तेस्रो स्थानमा

सुरुवाती मतगणनामा दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा छन्। उनले २ हजार २६३ मत पाएका छन्।

रवि लामिछाने उक्लिए दोस्रो स्थानमा, कृष्णभक्तको अग्रगता कायमै

चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् । मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा उक्लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्याएका छन् । श्रेष्ठले २०३६ मत पाएका छन्।

चितवन–२ मा रवि लामिछाने दोस्रो स्थानमा उक्लिए

६ मंसिर, चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् । ७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् । तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका […]

दाेस्राे स्थानमा उक्लिए रवि लामिछाने, कसकाे मत कति ?

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । मंगलबार बिहान सार्वजनिक भएकाे मतपरिणाम अनुसार रविले २ हजार २ सय २७ मत पाएका छन् ।

चितवन–२ मा अझै रवि लामिछाने तेस्रो स्थानमा

५ मंसिर, चितवन । चितवन–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार राति ४ हजार २४१ मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा नै छन् । एमालेका पोखरेलले १६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र रास्वपाका लामिछानेले ९६३ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको […]

चितवन २ : पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र रवि लामिछाने पछाडि

नेपाली कांग्रेसका उमेश श्रेष्ठ १ हजार ३३४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतका साथ तेस्रो स्थानमा छन्।

चितवन २ मा ३ सय मत गन्दा रवि लामिछाने तेस्रो

काठमाडौँ– चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाल स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने तेस्रो स्थानमा छन्। कुल ३ सय मत गन्दा रविले २५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएर पोखरेललाई पच्छाइरहेका छन्।

चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मत मात्र पाएका छन् । पहिलाे नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल रहेका छन् भने दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले […]