प्रतिनिधिसभाको सोमबारको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई संसद्बाट पारित गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा छलफलका लागि परराष्ट्रमन्त्री श्रेष्ठले प्रस्तुत गरेका थिए ।