दार्चुलाको व्यास र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ । हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एस...

सम्बन्धित सामग्री

पहिरो पीडित बस्तीमा प्रदेश सभाका उपसभामुख, हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी

दार्चुलाको बाढी पहिरो प्रभावित दुहुँ गाउँपालिका र तुइन हटाएपछि खाद्यान्न अभाव सिर्जना भएको व्यास गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । भदौ १३ गते राती आएको बाढी र पहिरोबाट पीडित बनेका दुहुँका नागरिक र माल घट्नापछि खाद्यान्न अभाव भएको व्यास–२ माल, कोठेरधार र खाङदाङका बस्तीका लागी सेनाको हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको हो । बाढी, पहिरोका कारण क्षतविक्षत बनेको दुहुँ गाउँपालिका र समस्यामा परेका त्यहाँका नागरिकका लागि अहिले सरकारी, गैरसरकारी र व्यक्तिगत पहलमा विभिन्न क्षेत्रबाट राहत संकलन तथा वितरण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी, पूर्व सभासद एवं नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज लक्ष्मणदत्त जोशी सहितको टोली बाढी पहिरो पीडितका कुरा सुन्न र राहतका लागि पहल गर्न बाढी, पहिरो प्रभावित क्षेत्रमा जानुभएको छ । गाउँगाउँमा दर्जनौँ पहिरो गएर दुहुँवासी बिचल्लीमा परेको भन्दै पीडितको अवस्था बुझ्नका लागि आफूहरू पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आएको उपसभामुख जोशीले बताउनुभयो ।

दार्चुलाको केही स्थानमा हेलिकप्टरबाट खाद्यान्न पठाइँदै

धनगढी – खाद्य अभाव भएपछि दार्चुलाको दुहुँ गाउँपालिका –२ र ५ तथा दार्चुलाकै व्यास गाउँपालिका–२ मा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ । भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यनस जोड्ने सडक अवरुद्ध बनेपछि उक्त स्थानमा खाद्यान्न ढुवानी हुन सकेको थिएन । जसका कारण गाउँपालिकाको वडा नम्बर–२ र ५ मा खाद्यान्न […]